मिति :
चैत्र १९, २०८२
April 2, 2026
Advertisement
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
Lovekush Online TV
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
मिति :
चैत्र १९, २०८२
April 2, 2026
LoveKush Online
चैत्र १९, २०८२
April 2, 2026

आगामी बजेटका कुन क्षेत्रमा के कस्ता प्राथमिकता ?

लवकुश पोष्ट by लवकुश पोष्ट
१२ महिना अगाडि
in अर्थतन्त्र, विशेष

काठमाण्डौ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कसरी तयार पार्ने र के–कस्ता विषयलाई प्राथमिकतामा राख्ने भनेर पूर्वअर्थमन्त्री तथा पूर्वअर्थसचिवहरुसँग बेग्लाबेग्लै छलफल गरेको थियो । त्यस क्रममा पूर्वअर्थमन्त्रीहरुले अर्थतन्त्रलाई पुनरुत्थान गराउने दीर्घकालीन दृष्टिकोणसहितको बजेट ल्याइनुपर्ने, राजस्व वृद्धिको यथार्थपरक योजना बनाइनुपर्ने, बजेटले निजी क्षेत्रलाई उत्साहित गर्नसक्नुपर्ने, सामाजिक सुरक्षाको दायरा सघन बनाउने र अनुत्पादक खर्च घटाउने, अघिल्ला बजेटमा घोषणा गरिएका तर कार्यान्वयन नभएका योजनाको समीक्षा गर्नुपर्ने सुझाव दिएका छन् ।

पूर्वअर्थसचिवहरुले अर्थतन्त्र सुधारका लागि सरकारले बजेटमार्फत हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने सुझाव उनीहरुको थियो । ठूला आयोजना निर्माणमा बजेट केन्द्रित हुनुपर्ने, नयाँ आयोजना थप्नेभन्दा पनि पुरानै आयोजनालाई निरन्तरता दिने, प्रतिफल नदिने आयोजनालाई बजेटबाट हटाउनुपर्ने, वित्तीय संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउने, पुँजीगत खर्च बढाउनुपर्नेलगायत सुझाव प्राप्त भएको थियो ।

अनौपचारिक अर्थतन्त्रको आकार घटाउनुपर्ने, सामाजिक सुरक्षाका कार्यक्रमलाई समीक्षा गरी एकीकृत रुपमा कार्यान्वयन गर्नुपर्नेमा, बैंक तथा वित्तीय संस्था र सहकारी क्षेत्रका समस्या समाधानका लागि पहल गर्नुपर्नेलगायत सुझाव पूर्वअर्थमन्त्रीहरुको थियो । स्रोतमा चाप देखिएको वर्तमान अवस्थामा राजस्वका लक्ष्य महात्वाकाङ्क्‌षीभन्दा पनि यथार्थपरक बनाइनुपर्ने, अनावश्यक कर छुट सुविधा नदिने, वैकल्पिक वित्त परिचालनका लागि संयन्त्र निर्माण गर्नेलगायत सुझाव प्राप्त भएको थियो ।

मन्त्रालयगत छलफलमा पूर्वाधार विकासलाई परिणाममुखी बनाउन आगामी आर्थिक वर्षको बजेट केन्द्रित हुनुपर्ने, परियोजना छनोटमा पारदर्शिता, ठेक्का प्रणाली सुधार तथा लागत–लाभ विश्लेषणका आधारमा पूर्वाधार क्षेत्रमा लगानी गर्नेगरी आगामी आर्थिक वर्षको बजेट आउनुपर्नेमा जोड दिइएको छ । भूकम्प र बाढीपहिरोजस्ता प्राकृतिक विपद्पछिको पुनर्निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव छ ।

ऊर्जा सुरक्षा, विद्युत् व्यापार विस्तार, जलविद्युत् निर्यात, तथा राष्ट्रिय प्रसारण लाइन विस्तारलगायत विषय आगामी आर्थिक वर्षको बजेट केन्द्रित हुनुपर्नेमा उनको जोड थियो । जलस्रोतको अधिकतम उपयोग र सिँचाइ पूर्वाधार विस्तारसमेत बजेटको प्राथमिक एजेन्डा बन्नुपर्नेमा जोड दिइएको थियो । स्वास्थ्य बिमा कार्यक्रम, स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापन, आधारभूत स्वास्थ्य सेवाको पहुँचलगायत विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ ।

औद्योगिक प्रवद्र्धन तथा लगानीका क्षेत्रमा निजी क्षेत्रको आकर्षण, वैदेशिक लगानीको प्रवाह, आयात प्रतिस्थापनका उपाय खोजिनुपर्ने, साना तथा मझौला उद्योगलाई सहुलियत कर्जाबाट प्रवद्र्धन गर्ने नीति तथा योजना आगामी आर्थिक वर्षको बजेटले अवलम्बन गरिनुपर्नेमा उद्योग मन्त्रालयका अधिकारीहरुको जोड छ ।

संघीयता कार्यान्वयनका सन्दर्भमा तीन तहका सरकारबीचको आपसी समन्वय तथा सहकार्य, वित्तीय हस्तान्तरणको प्रभावकारिता र संस्थागत संरचनाको पुनर्संरचनाजस्ता विषय उठान भएका छन् भने निजामती कर्मचारीको कार्यक्षमता बढाउन बजेट केन्द्रित हुनुपर्नेमा जोड दिइएको छ । रुपान्तरणकारी र राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनालाई केन्द्रमा राखेर बजेट निर्माण हुनुपर्ने खानेपानी मन्त्रालयको माग छ भने संघीय सरकारले रू तीन करोडभन्दा कम लागतका आयोजनाका लागि बजेट छुट्याउन नहुनेमा पनि अधिकारीहरुले जोड दिएका थिए ।

सरकारले कृषि क्षेत्रमा उपलब्ध गराउने अनुदान र सहुलियतलाई व्यवस्थित गर्नेगरी आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहेको छ । कृषिलाई व्यावसायिक बनाउने, जलवायु अनुकूलन प्रविधि विस्तार गर्ने, मल र बीउको आपूर्ति सहज बनाउने विषयबारे पनि गहन छलफल भएको छ । जमिनको खण्डीकरण रोक्ने, बाँझो जमिन प्रयोग गर्ने, अस्थायी बसोबास व्यवस्थापन, सार्वजनिक जग्गाको संरक्षण, भूमि बैंकलगायत विषयहरुलाई केन्द्रमा राखेर बजेट बनाउनुपर्ने कृषि तथा पशुपन्छी मन्त्रालयले अनुरोध गरेको छ । (रासस)

सम्बन्धित समाचार

नेपालको तराई–मधेशमा आलुको मूल्य शृङ्खला संकट: प्रदीप राज कणेल
अर्थतन्त्र

नेपालको तराई–मधेशमा आलुको मूल्य शृङ्खला संकट: प्रदीप राज कणेल

३ दिन अगाडि
गृह, कानुन मन्त्री कुशवाहाकाे चमत्कारी काम
राजनिति

गृह, कानुन मन्त्री कुशवाहाकाे चमत्कारी काम

४ दिन अगाडि
प्रधानमन्त्री बालेन्द्र शाह
भिडियोे विशेष

प्रधानमन्त्री बालेन्द्र शाह

४ दिन अगाडि
नेपालका दलहरुमा आफ्नो कमजोरी देख्ने प्रवृति कम छ
राजनिति

नेपालका दलहरुमा आफ्नो कमजोरी देख्ने प्रवृति कम छ

२ हप्ता अगाडि
अर्थतन्त्र

बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

४ महिना अगाडि
विशेष

वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

४ महिना अगाडि

Discussion about this post

ताजा

मधेश प्रदेश राजधानी जनकपुरमा प्रहार, दुई जना गम्भीर घाइते

११ घण्टा अगाडि

जनकपुरमा बुलडोजर प्रयोग गरी सफाइ, गृहमन्त्रीको प्रत्यक्ष निर्देशनराजेश सिंह कुशवाहा२०८२/१२/१८ बुधवारलभकुश अनलाइन टिभीजनकपुर — मधेश प्रदेश सरकारले जनकपुरधाममा अतिक्रमण हटाउने अभियान अन्तर्गत बुलडोजर प्रयोग गरी सफाइ कार्य तीव्र पारेको छ। मधेश प्रदेश का गृहमन्त्री फकिरा कुशवाहाको निर्देशनमा गरिएको उक्त अभियानले फुटपाथ र सार्वजनिक क्षेत्र खाली गराउने काम अघि बढाएको हो।प्राप्त जानकारी अनुसार जनकपुरधामको शिवचोक–गंगासागर क्षेत्रमा वर्षौँदेखि सञ्चालनमा रहेका फुटपाथ पसल तथा अस्थायी संरचना डोजर प्रयोग गरी हटाइएको छ। प्रहरी तथा नगर प्रहरीको सहयोगमा सञ्चालन गरिएको अभियान दुई दिनसम्म निरन्तर चलाइएको थियो।गृहमन्त्री स्वयं स्थलमा पुगेर अनुगमन गर्दै अतिक्रमण हटाउने कार्यलाई तीव्रता दिएका थिए। प्रारम्भमा व्यवसायीहरूलाई स्वेच्छाले हट्न अल्टिमेटम दिइएको थियो, तर अटेर गरेपछि डोजर प्रयोग गरिएको जनाइएको छ।यस अभियानपछि सम्बन्धित क्षेत्रमा सडक तथा फुटपाथ खुला भएको छ भने सहरको सौन्दर्यीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।तर, हटाइएका फुटपाथ व्यवसायीहरूले भने वैकल्पिक व्यवस्था नगरी जीविकोपार्जनमा असर परेको गुनासो गरेका छन्। उनीहरूले साना व्यवसाय मात्र नभई ठूला अतिक्रमणमा पनि समान रूपमा कारबाही गर्न माग गरेका छन्।सरकारले भने सार्वजनिक स्थान अतिक्रमणमुक्त बनाउने अभियान आगामी दिनमा पनि जारी रहने संकेत दिएको छ।

१ दिन अगाडि

प्रादेशिक अस्पतालमा मंलगवा ठूलो लापरबाही, बिरामीको ज्यान जोखिममा

२ दिन अगाडि
धर्म जागरण समन्वय परिषद् नेपाल मधेश प्रदेश संयोजक कुशवाहा नियुक्त

धर्म जागरण समन्वय परिषद् नेपाल मधेश प्रदेश संयोजक कुशवाहा नियुक्त

३ दिन अगाडि
नेपालगञ्ज घटनाको विरोधमा जनकपुरधाममा शान्तिपूर्ण प्रदर्शन तथा श्रद्धाञ्जली

नेपालगञ्ज घटनाको विरोधमा जनकपुरधाममा शान्तिपूर्ण प्रदर्शन तथा श्रद्धाञ्जली

३ दिन अगाडि
सामाजिक विकास इकाई सर्लाहीकाे रूपमा प्रमुख कुशवाहा हाँजिर ।

सामाजिक विकास इकाई सर्लाहीकाे रूपमा प्रमुख कुशवाहा हाँजिर ।

३ दिन अगाडि

पढ्नै पर्ने

  • पढ्नै पर्ने

मधेश प्रदेश राजधानी जनकपुरमा प्रहार, दुई जना गम्भीर घाइते

11 hours ago

जनकपुरमा बुलडोजर प्रयोग गरी सफाइ, गृहमन्त्रीको प्रत्यक्ष निर्देशनराजेश सिंह कुशवाहा२०८२/१२/१८ बुधवारलभकुश अनलाइन टिभीजनकपुर — मधेश प्रदेश सरकारले जनकपुरधाममा अतिक्रमण हटाउने अभियान अन्तर्गत बुलडोजर प्रयोग गरी सफाइ कार्य तीव्र पारेको छ। मधेश प्रदेश का गृहमन्त्री फकिरा कुशवाहाको निर्देशनमा गरिएको उक्त अभियानले फुटपाथ र सार्वजनिक क्षेत्र खाली गराउने काम अघि बढाएको हो।प्राप्त जानकारी अनुसार जनकपुरधामको शिवचोक–गंगासागर क्षेत्रमा वर्षौँदेखि सञ्चालनमा रहेका फुटपाथ पसल तथा अस्थायी संरचना डोजर प्रयोग गरी हटाइएको छ। प्रहरी तथा नगर प्रहरीको सहयोगमा सञ्चालन गरिएको अभियान दुई दिनसम्म निरन्तर चलाइएको थियो।गृहमन्त्री स्वयं स्थलमा पुगेर अनुगमन गर्दै अतिक्रमण हटाउने कार्यलाई तीव्रता दिएका थिए। प्रारम्भमा व्यवसायीहरूलाई स्वेच्छाले हट्न अल्टिमेटम दिइएको थियो, तर अटेर गरेपछि डोजर प्रयोग गरिएको जनाइएको छ।यस अभियानपछि सम्बन्धित क्षेत्रमा सडक तथा फुटपाथ खुला भएको छ भने सहरको सौन्दर्यीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।तर, हटाइएका फुटपाथ व्यवसायीहरूले भने वैकल्पिक व्यवस्था नगरी जीविकोपार्जनमा असर परेको गुनासो गरेका छन्। उनीहरूले साना व्यवसाय मात्र नभई ठूला अतिक्रमणमा पनि समान रूपमा कारबाही गर्न माग गरेका छन्।सरकारले भने सार्वजनिक स्थान अतिक्रमणमुक्त बनाउने अभियान आगामी दिनमा पनि जारी रहने संकेत दिएको छ।

1 day ago

प्रादेशिक अस्पतालमा मंलगवा ठूलो लापरबाही, बिरामीको ज्यान जोखिममा

2 days ago
धर्म जागरण समन्वय परिषद् नेपाल मधेश प्रदेश संयोजक कुशवाहा नियुक्त

धर्म जागरण समन्वय परिषद् नेपाल मधेश प्रदेश संयोजक कुशवाहा नियुक्त

3 days ago

लवकुश गोडैता पोष्ट
प्रधान कार्यालय: बानेश्वर, काठमाडौं
शाखा कार्यालय: जनकपुर, मधेश प्रदेश
सूचना विभाग दर्ता नं:
२३९५९५/०७७-०७८
सम्पर्क
सम्पर्क : ‪९८४४२२३४४१, ९८१०७५४९३१
ई-मेल: meaidgroup1717@gmail.com

Follow Us:

हाम्रो टिम

प्रकाशक / सम्पादक: राजेश सिंह कुशवाहा
प्रधान सम्पादक: सुनिल साह
कानुनि सल्लाहकार: उमेश साह, अशाेक यादव
प्रशासन सल्लाहकार: प्रदिपराज कणेल
बारा पत्रकार: बिवेक कुशवाहा

सामाजिक सञ्जाल

© 2026 Lovekush online TV | Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य

Copyright © 2026. Digital Partner Sathi Solutions