मिति :
चैत्र १६, २०८२
March 30, 2026
Lovekush Online TV
Advertisement
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
Lovekush Online TV
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
मिति :
चैत्र १६, २०८२
March 30, 2026
Lovekush Online TV
चैत्र १६, २०८२
March 30, 2026

लुम्बिनीका १२ जिल्लामा १६९५ उद्योग बन्द

लवकुश पोष्ट by लवकुश पोष्ट
११ महिना अगाडि
in अर्थतन्त्र, खेलकुद

काठमाण्डौ । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा एक हजार ६ सय ९५ घरेलु तथा साना उद्योग बन्द भएका छन् । प्रदेशका १२ जिल्लामा ती संख्यामा उद्योग बन्द भएका हुन । यो संख्या घरेलु तथा साना उद्योग कार्यालयसम्म पुगेर बन्द गराउनेहरूको मात्र हो । उद्योग तथा वाणिज्य फर्म बन्द रहेका तर कार्यालयसम्म नपुग्नेहरूको संख्या पनि धेरै रहेको व्यवसायीहरूको भनाइ छ । बैंकको ऋणका लागि पनि वास्तविक रूपमा बन्द भए पनि कागजी रूपमा बन्द नगराउने गरेको आर्थिक क्षेत्रका जानकारहरू बताउँछन् ।

लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको अनुसार आर्थिक मन्दीको प्रभाव, युवा जनशक्ति विदेश पलायनले उद्योग बन्द हुन थालेका हुन् । यसैगरी यो अवधिमा दुई हजार पाँच सय ७९ वटा उद्योग दर्ता भएको मन्त्रालयले जनाएको छ । प्रदेशका पहाडी जिल्लाहरूमा खुल्नेभन्दा बन्द हुने उद्योग बढी रहेका छन् । यस प्रकारको समस्या बढ्दै गएमा धेरै समस्या उत्पन्न हुने आर्थिक क्षेत्रका जानकारहरू बताउँछन् । यस प्रकारको कार्य रोक्न समयमै ध्यान दिनु पर्ने उनीहरूको भनाइ छ । तर, सरकार र निजी क्षेत्रको नेतृत्वले समेत यसतर्फ ध्यान दिएको छैन ।

मन्त्रालयको तथ्यांकअनुसार उद्योगतर्फ ६ हजार चार सय ५७ उद्योग नवीकरण गरिएका छन् । यसै अवधिमा वाणिज्यतर्फ तीन हजार ९८ वटा फर्म दर्ता भएका छन् । सात हजार एक सय ९ वटा फर्म नवीकरण भएका छन् । यसैगरी वाणिज्यतर्फ एक हजार ६ सय ३१ वटा वाणिज्य फर्म बन्द भएका मन्त्रालयका सूचना अधिकारी सन्तोषकुमार सुवेदीले जानकारी दिए । प्रदेशका १२ जिल्लामध्ये रुपन्देही सबैभन्दा बढी उद्योग दर्ता भएका छन् । यसमा ६ सय ८० उद्योग दर्ता भएका छन् । ९ सय ४५ वाणिज्य फर्म दर्ता भएका छन् ।

जिल्लामा दुई सय ७८ उद्योग खारेज भएका छन् भने ६१ वाणिज्य फर्म बन्द भएका छन् । यसैगरी बाँकेमा पाँच सय २६ उद्योग र पाँच सय ७६ वटा वाणिज्य फर्म दर्ता भएका छन् । जिल्लामा एक सय ८८ उद्योग र तीन सय ४६ वाणिज्य फर्म खारेज भएका छन् । यसैगरी नवलपरासी पश्चिममा पछिल्लो ९ महिनामा दुई सय ५२ उद्योग र तीन सय २३ वाणिज्य फर्म दर्ता भएका छन् । एक सय ३४ उद्योग र एक सय २ वटा वाणिज्य फर्म बन्द भएका छन् ।

मन्त्रालायको तथ्यांकअनुसार कपिलवस्तुमा दुई सय ६६ उद्योग र तीन सय २४ वाणिज्य फर्म दर्ता भएका छन् । जिल्लामा एक सय ५९ उद्योग र ९० वाणिज्य फर्म बन्द भएका छन् । यसैगरी दाङमा पछिल्लो ९ महिनामा तीन सय २८ उद्योग र चार सय ५६ वाणिज्य फर्म दर्ता भएका छन् भने दुई सय ७० उद्योग र तीन सय ५८ वाणिज्य फर्म बन्द भएका भएका छन् । यस्तै, बर्दियामा दुई सय ४० उद्योग र दुई सय १९ वाणिज्य फर्म दर्ता भएका छन् भने एक सय १५ उद्योग र ८८ वाणिज्य फर्म बन्द भएका छन् ।

पाल्पामा ६४ उद्योग र ६४ वटा वाणिज्य फर्म दर्ता भएका छन् । एक सय ७८ उद्योग र दुई सय ६ वटा वाणिज्य फर्म बन्द भएका छन् । गुल्मीमा ४२ उद्योग र ४५ वटा वाणिज्य फर्म दर्ता भएका छन् भने दुई सय ४ उद्योग र दुई सय ६० वाणिज्य फर्म बन्द भएका छन् । यसैगरी अर्घाखाँचीमा ५८ उद्योग र २५ फर्म दर्ता भएका छन् भने १६ उद्योग र ६ वटा वाणिज्य फर्म बन्द भएका छन् । प्यूठानमा २५ उद्योग र ४४ वाणिज्य फर्म दर्ता भएका छन् भने ४४ उद्योग र ३७ वाणिज्य फर्म बन्द भएका छन् ।

यसैगरी रोल्पामा ६२ उद्योग र ५३ वाणिज्य फर्म दर्ता भएका छन् भने ९० उद्योग र ७१ वाणिज्य फर्म वन्द भएका छन् । रुकुम पूर्वमा ३६ उद्योग र २४ वाणिज्य फर्म दर्ता भएका छन् भने १९ उद्योग र ६ वटा वाणिज्य फर्म वन्द भएका छन् । यो अवधिमा उद्योगतर्फ दुई हजार आठ सय ५८ र वाणिज्य फर्मतर्फ तीन हजार १ सय ३७ वटा संशोधन भएका छन् । संशोधन उद्योगहरूको नाम, सेवा विस्तार, स्थान परिवर्तनलगायतका लागि गर्ने गरिन्छ । प्रदेश सरकारले नवीकरण तथा दर्तामा छुट दिँदासमेत उद्योग तथा व्यवसाय थप हुने क्रम देखिएको छैन । (रासस)

सम्बन्धित समाचार

अर्थतन्त्र

बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

४ महिना अगाडि
अर्थतन्त्र

सबैभन्दा धेरै आयकर तिर्ने व्यक्तिः राजबहादुर शाह, निकायः दूरसञ्चार प्राधिकरण

४ महिना अगाडि
अर्थतन्त्र

मंसिरका लागि थप घट्यो ब्याजदर, १० बैंकले राखे स्थिर

४ महिना अगाडि
अर्थतन्त्र

विकास बैंकको निष्क्रिय कर्जा झण्डै ६ प्रतिशत

५ महिना अगाडि
अर्थतन्त्र

आयोगलाई आगामी निर्वाचनका लागि ४ अर्ब ९६ करोड बजेट स्वीकृत

५ महिना अगाडि
अर्थतन्त्र

उच्च मनोबलका साथ काम गर्न निजी क्षेत्रलाई गभर्नर पौडेलको आग्रह

५ महिना अगाडि

Discussion about this post

ताजा

पर्यटकको रोजाइमा रास ताल

पर्यटकको रोजाइमा रास ताल

१९ घण्टा अगाडि
इरान–अमेरिका तनावः सयौँ अमेरिकी सैनिक घाइते

इरान–अमेरिका तनावः सयौँ अमेरिकी सैनिक घाइते

१९ घण्टा अगाडि
नयाँ सरकार गठनसँगै राजनीति र आर्थिक स्थायित्व हुने अपेक्षा

नयाँ सरकार गठनसँगै राजनीति र आर्थिक स्थायित्व हुने अपेक्षा

१९ घण्टा अगाडि
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

१९ घण्टा अगाडि
Custom Footer

विद्यालयको निर्माणाधीन खेलमैदान भत्कियो

२० घण्टा अगाडि
प्रधानमन्त्री बालेन्द्र शाह

प्रधानमन्त्री बालेन्द्र शाह

२० घण्टा अगाडि

पढ्नै पर्ने

  • पढ्नै पर्ने
पर्यटकको रोजाइमा रास ताल

पर्यटकको रोजाइमा रास ताल

19 hours ago
इरान–अमेरिका तनावः सयौँ अमेरिकी सैनिक घाइते

इरान–अमेरिका तनावः सयौँ अमेरिकी सैनिक घाइते

19 hours ago
नयाँ सरकार गठनसँगै राजनीति र आर्थिक स्थायित्व हुने अपेक्षा

नयाँ सरकार गठनसँगै राजनीति र आर्थिक स्थायित्व हुने अपेक्षा

19 hours ago
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

19 hours ago

लवकुश गोडैता पोष्ट
प्रधान कार्यालय: बानेश्वर, काठमाडौं
शाखा कार्यालय: जनकपुर, मधेश प्रदेश
सूचना विभाग दर्ता नं:
२३९५९५/०७७-०७८
सम्पर्क
सम्पर्क : ‪९८४४२२३४४१, ९८१०७५४९३१
ई-मेल: meaidgroup1717@gmail.com

Follow Us:

हाम्रो टिम

प्रकाशक / सम्पादक: राजेश सिंह कुशवाहा
प्रधान सम्पादक: सुनिल साह
कानुनि सल्लाहकार: उमेश साह, अशाेक यादव
प्रशासन सल्लाहकार: प्रदिपराज कणेल
बारा पत्रकार: बिवेक कुशवाहा

सामाजिक सञ्जाल

© 2026 Lovekush online TV | Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य

Copyright © 2026. Digital Partner Sathi Solutions