मिति :
चैत्र १७, २०८२
March 31, 2026
Advertisement
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
Lovekush Online TV
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
मिति :
चैत्र १७, २०८२
March 31, 2026
LoveKush Online
चैत्र १७, २०८२
March 31, 2026

प्रादेशिक कुल गार्हस्थ उत्पादनको वृद्धिदरमा गण्डकी र आकारमा बागमती अगाडि

लवकुश पोष्ट by लवकुश पोष्ट
१० महिना अगाडि
in अर्थतन्त्र, विशेष

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८१/८२ मा गण्डकी प्रदेशले सबैभन्दा धेरै आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको प्रादेशिक कुल गार्हस्थ उत्पादन अनुमानसम्बन्धी तथ्याङ्क अनुसार चालु आवमा गण्डकी प्रदेशले ५.५१ प्रतिशतको वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरिएको हो । त्यसपछि बागमती प्रदेशको ५.१८ प्रतिशत वृद्धिदर रहने अनुमान छ ।

कर्णाली प्रदेशको आर्थिक वृद्धिदरमा गत आवको तुलनामा उल्लेख्य सुधार हुने अनुमान छ । गत आवमा ३.२६ प्रतिशतको वृद्धिदर हासिल गरेको कर्णालीले चालु आवमा ४.७४ प्रतिशत वृद्धिदर हासिल गर्ने कार्यालयको अनुमान छ ।

कर्णालीपछि लुम्बिनी प्रदेशको वृद्धिदर ४.७० प्रतिशत हुने अनुमान गरिएको छ । उल्लिखित प्रदेशहरूको वृद्धिदर चालु आवका लागि अनुमान गरिएको राष्ट्रियस्तरको ४.६१ प्रतिशतको वृद्धिदरभन्दा बढी हो ।

कार्यालयका अनुसार मधेश प्रदेशको वृद्धिदर ४.५० प्रतिशत हुने छ भने कोशी प्रदेशको ३.३४ प्रतिशतको हुने अनुमान छ । चालु आवमा सबैभन्दा कम सुदूरपश्चिम प्रदेशको ३.३२ प्रतिशत मात्र आर्थिक वृद्धिदर हुने अनुमान गरिएको छ ।

अर्थतन्त्रको आकारका हिसाबले सधैँ जस्तै बागमती नै अगाडि रहेको छ । बागमतीले कुल अर्थतन्त्रमा एक तिहाइभन्दा बढी योगदान दिने अनुमान गरिएको छ । कार्यालयका अनुसार चालु आवका लागि मुलुकको कुल अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब हुने अनुमान गरिएकामा बागमतीको मात्र ३६.५२ प्रतिशत योगदान रहने छ । त्यसपछि कोशी प्रदेशको १५.९० प्रतिशत, लुम्बिनी प्रदेशको १४.२३ प्रतिशत, मधेश प्रदेशको १३.१६ प्रतिशत, गण्डकी प्रदेशको ८.९८ प्रतिशत योगदान हुने अनुमान छ । सुदूरपश्चिम प्रदेशले ७.०३ प्रतिशत योगदान दिँदा कर्णाली प्रदेशको योगदान ४.१९ प्रतिशत हुने अनुमान छ ।

गत आवको तुलनामा मुलुकको कुल अर्थतन्त्रमा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको योगदान केही घट्ने पाइएको छ । मधेश र बागमतीको भने केही बढ्ने अनुमान छ ।

बागमतीवासीको आम्दानी कति ?

प्रतिव्यक्ति आम्दानीका हिसाबले बागमती प्रदेशका बासिन्दाले सबैभन्दा धेरै कमाउने पाइएको छ । चालु आवमा यस प्रदेशका बासिन्दाको प्रतिव्यक्ति आय २ हजार ६ सय १ डलर पुग्ने अनुमान छ । गत आवमा यस्तो आम्दानी २ हजार ४ सय ९२ डलर थियो ।

बागमतीपछि गण्डकी प्रदेशका बासिन्दाको प्रतिव्यक्ति आय सबैभन्दा धेरै हुने पाइएको छ । चालु आवमा यहाँका स्थानीयको आम्दानी १ हजार ६ सय २० डलर पुग्ने अनुमान छ । बागमती र गण्डकीबाहेक बाँकी सबै प्रदेशको प्रतिव्यक्ति आम्दानी राष्ट्रियस्तरको प्रतिव्यक्ति आम्दानीभन्दा कम छ । चालु आवका लागि कार्यालयले नेपालीको प्रतिव्यक्ति आम्दानी १ हजार ४ सय ९६ पुग्ने अनुमान गरेको छ ।

तेस्रो स्थानमा रहेको कोशी प्रदेशका स्थानीयको प्रतिव्यक्ति आम्दानी १ हजार ४ सय १, लुम्बिनी प्रदेशको १ हजार २ सय १, सुदूरपश्चिम प्रदेशको १ हजार १ सय ५३, कर्णाली प्रदेशको १ हजार ८९ डलर पुग्ने अनुमान छ । सबैभन्दा कम प्रतिव्यक्ति आम्दानी भने मधेश प्रदेशको हुने अनुमान छ । मधेशका बासिन्दाको प्रतिव्यक्ति आम्दानी केवल ९ सय ३२ डलर हुने अनुमान छ । मधेशका स्थानीयको प्रतिव्यक्ति आयको तुलनामा बागमती प्रदेशवासीको आयमा करिब तीन गुणाको अन्तर छ ।

सम्बन्धित समाचार

नेपालको तराई–मधेशमा आलुको मूल्य शृङ्खला संकट: प्रदीप राज कणेल
अर्थतन्त्र

नेपालको तराई–मधेशमा आलुको मूल्य शृङ्खला संकट: प्रदीप राज कणेल

१ दिन अगाडि
गृह, कानुन मन्त्री कुशवाहाकाे चमत्कारी काम
राजनिति

गृह, कानुन मन्त्री कुशवाहाकाे चमत्कारी काम

२ दिन अगाडि
प्रधानमन्त्री बालेन्द्र शाह
भिडियोे विशेष

प्रधानमन्त्री बालेन्द्र शाह

२ दिन अगाडि
नेपालका दलहरुमा आफ्नो कमजोरी देख्ने प्रवृति कम छ
राजनिति

नेपालका दलहरुमा आफ्नो कमजोरी देख्ने प्रवृति कम छ

२ हप्ता अगाडि
अर्थतन्त्र

बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

४ महिना अगाडि
विशेष

वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

४ महिना अगाडि

Discussion about this post

ताजा

प्रादेशिक अस्पतालमा मंलगवा ठूलो लापरबाही, बिरामीको ज्यान जोखिममा

५ घण्टा अगाडि
धर्म जागरण समन्वय परिषद् नेपाल मधेश प्रदेश संयोजक कुशवाहा नियुक्त

धर्म जागरण समन्वय परिषद् नेपाल मधेश प्रदेश संयोजक कुशवाहा नियुक्त

१९ घण्टा अगाडि
नेपालगञ्ज घटनाको विरोधमा जनकपुरधाममा शान्तिपूर्ण प्रदर्शन तथा श्रद्धाञ्जली

नेपालगञ्ज घटनाको विरोधमा जनकपुरधाममा शान्तिपूर्ण प्रदर्शन तथा श्रद्धाञ्जली

२० घण्टा अगाडि
सामाजिक विकास इकाई सर्लाहीकाे रूपमा प्रमुख कुशवाहा हाँजिर ।

सामाजिक विकास इकाई सर्लाहीकाे रूपमा प्रमुख कुशवाहा हाँजिर ।

२० घण्टा अगाडि

उमेर, नाम र जात सच्याउने कानुनी व्यवस्था”

२१ घण्टा अगाडि
नेपालको तराई–मधेशमा आलुको मूल्य शृङ्खला संकट: प्रदीप राज कणेल

नेपालको तराई–मधेशमा आलुको मूल्य शृङ्खला संकट: प्रदीप राज कणेल

१ दिन अगाडि

पढ्नै पर्ने

  • पढ्नै पर्ने

प्रादेशिक अस्पतालमा मंलगवा ठूलो लापरबाही, बिरामीको ज्यान जोखिममा

5 hours ago
धर्म जागरण समन्वय परिषद् नेपाल मधेश प्रदेश संयोजक कुशवाहा नियुक्त

धर्म जागरण समन्वय परिषद् नेपाल मधेश प्रदेश संयोजक कुशवाहा नियुक्त

19 hours ago
नेपालगञ्ज घटनाको विरोधमा जनकपुरधाममा शान्तिपूर्ण प्रदर्शन तथा श्रद्धाञ्जली

नेपालगञ्ज घटनाको विरोधमा जनकपुरधाममा शान्तिपूर्ण प्रदर्शन तथा श्रद्धाञ्जली

20 hours ago
सामाजिक विकास इकाई सर्लाहीकाे रूपमा प्रमुख कुशवाहा हाँजिर ।

सामाजिक विकास इकाई सर्लाहीकाे रूपमा प्रमुख कुशवाहा हाँजिर ।

20 hours ago

लवकुश गोडैता पोष्ट
प्रधान कार्यालय: बानेश्वर, काठमाडौं
शाखा कार्यालय: जनकपुर, मधेश प्रदेश
सूचना विभाग दर्ता नं:
२३९५९५/०७७-०७८
सम्पर्क
सम्पर्क : ‪९८४४२२३४४१, ९८१०७५४९३१
ई-मेल: meaidgroup1717@gmail.com

Follow Us:

हाम्रो टिम

प्रकाशक / सम्पादक: राजेश सिंह कुशवाहा
प्रधान सम्पादक: सुनिल साह
कानुनि सल्लाहकार: उमेश साह, अशाेक यादव
प्रशासन सल्लाहकार: प्रदिपराज कणेल
बारा पत्रकार: बिवेक कुशवाहा

सामाजिक सञ्जाल

© 2026 Lovekush online TV | Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य

Copyright © 2026. Digital Partner Sathi Solutions