काठमाण्डौ । चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखी वैशाख मसान्तसम्म १० हिनाको अवधिमा नेपालले ३५ अर्ब ५३ करोड रुपैयाँ बराबरको धानचामल आयात गरेको छ ।
२०८१ साउनदेखि २०८२ वैशाख मसान्तसम्म ३५ अर्ब ५३ करोड ८० लाख १२ हजार रुपैयाँको ६९८९०५.९८ मेट्रिक टन धान चामल आयात भएको भन्सार विभागले जनाएको छ ।
विभागले सार्वजनिक गरेको पछिल्लो १० महिनाको तथ्यांकअनुसार सो परिमाणममा धान चामल आयात हुँदा ३ अर्ब२२ करोड २३ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
कुल आयात भएको धान चामलमध्ये ८१ करोड ८२ लाख ९३ हजार रुपैयाँको १८५०.७९ मेट्रिक टन धानको बीउ आयात भएको छ ।
यसैगरी १८ अर्ब ९५ करोड ५२ लाख ४ हजार रुपैयाँको ४९५१३८.६१ मेट्रिक टन धान आयात भएको छ ।
यसैगरी ६ अर्ब ५४ करोड १५ लाख ६७ हजार रुपैयाँको ५९६३४.१९ मेट्रिक टन बासमती चामल, ८ अर्ब ९९ करोड ३९ लाख २९ हजार रुपैयाँको १३६७४४.६८ मेट्रिक टन अन्य चामल, २२ करोड ८२ लाख ८४ हजार रुपैयाँको ५५३३.३४ मेट्रिक टन कनिका र ७ लाख ३६ हजार रुपैयाँको ४.३५मेट्रिक टन ब्राउन चामल आयात भएको विभागले जनाएको छ ।











Discussion about this post