मिति :
चैत्र १८, २०८२
April 1, 2026
Advertisement
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
Lovekush Online TV
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
मिति :
चैत्र १८, २०८२
April 1, 2026
LoveKush Online
चैत्र १८, २०८२
April 1, 2026

असारमा पुँजीगत खर्च उच्चदरले बढ्यो

लवकुश पोष्ट by लवकुश पोष्ट
९ महिना अगाडि
in अर्थतन्त्र

काठमाण्डौ । चालु आर्थिक वर्षको असार महिनामा पुँजीगत बजेट खर्च उच्च दरले बढेको छ । विगत महिनाहरुको तुलनामा आर्थिक वर्षको अन्तिम महिना तिब्रता आएसँगै यस महिना पुँजीगत बजेट खर्च तेब्बर भएको छ ।

यस आर्थिक वर्षका ११ महिनामा सुरुका २० दिन (१–२० गतेसम्म) औषतमा ७ अर्ब ४९ करोड रुपैयाँ पुँजीगत बजेट खर्च भएको थियो । तर, असारको यही अवधिमा (१ देखि २० गते) २४ अर्ब ६५ करोड रुपैयाँ खर्च भएको छ । यो अघिल्ला ११ महिनाका तुलनामा तेब्बर भन्दा धेरै हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउन २० सम्म १ अर्ब २० करोड मात्र पुँजीगत खर्च भएको थियो । यसैगरी भदौमा ४ अर्ब २३ करोड खर्च भएकामा असोजमा एक्कासी १० अर्ब ९१ करोड खर्च भएको थियो । सरकारले दसैंअघि निर्माण व्यवसायीलाई गत वर्ष काम गरेको बाँकी भुक्तानी दिएको हुँदा असोजमा एकैपटक ठूलो खर्च भएको हो ।

कात्तिकका सुरुका २० दिनमा ३ अर्ब २० करोड पुँजीगत बजेट खर्च भएको थियो भने मंसिरमा ४ अर्ब ३६ करोड भएको थियो । पुसमा ८ अर्ब ९४ करोड र माघमा ६ अर्ब ७६ करोड रुपैयाँ पुँजीगत खर्च भएको थियो । फागुनका सुरुका २० दिनमा सरकारले ८ अर्ब २७ करोड रुपैयाँ पुँजीगत खर्च गर्न सकेको थियो । यस्तै, चैतमा १३ अर्ब र वैशाखमा ८ अर्ब ९९ करोड, जेठमा १२ अर्ब ५४ करोड खर्च भएको थियो ।

महालेखाका अनुसार असारमा खर्च बढे पनि समग्रमा पुँजीगत खर्चको अवस्था विगतभन्दा फरक छैन । असार २० सम्म पुँजीगत खर्च १ खर्ब ६८ अर्ब रुपैयाँ भएको छ, जुन लक्ष्यको ४७.७६ प्रतिशतमात्र हो । सरकारले यो वर्ष ३ खर्ब ५२ अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेको थियो । चालु आर्थिक वर्षको कुल बजेट भने १८ खर्ब ६० अर्बको छ ।

संसद्का दुई ठूला दल मिलेर सरकार गठन हुँदा आममानिसमा आर्थिक सुधार आउने अपेक्षा थियो । अहिलेसम्मको अवस्थाले त्यो हुन सकेन । यो वर्ष वार्षिक लक्ष्यको आधारलाई हेर्ने हो भने गत आवको भन्दा पुँजीगत खर्च कमजोर देखिन्छ । गत वर्ष यो बेला वार्षिक लक्ष्यको ५०.१ प्रतिशत पुँजीगत खर्च भएको थियो । गत वर्ष पुँजीगत बजेटको आकार ३ खर्ब २ अर्ब रुपैयाँ थियो । असार २० सम्म १ खर्ब ५१ अर्ब रुपैयाँ खर्च भएको थियो । रकमका आधारमा भने गत वर्षभन्दा यो वर्ष १७ अर्ब बढी पुँजीगत खर्च भएको छ ।

अर्थ मन्त्रालयका प्रवक्तका अनुसार असारमा भुक्तानीको चाप परेकाले पुँजीगत खर्च बढेको हो । ‘काम पहिले नै सकिए पनि आर्थिक वर्षको अन्तिममा बिल पेश गर्ने विगतकै प्रवृत्तिका कारण असारमा खर्च बढी भएको देखिने गरेको उनले बताए । असारमा धेरै खर्च हुने प्रवृत्तिले हरेक वर्ष निरन्तरता पाउनु सरकारको मात्र कमजोरी नभएर निजी क्षेत्र पनि उत्तिकै जिम्मेवार रहेको उनको भनाइ छ ।

प्रवक्ताका अनुसार पहिलो त निजी क्षेत्रले समयमा काम गर्दैन । दोस्रो केही काम भए पनि भुक्तानीका लागि अन्तिममा बिल पेश गर्ने प्रचलन छ । यही कारण असारको अन्तिममा बढी खर्च भएको देखिएको हो । उनका अनुसार निजी क्षेत्रले साउन–भदौमा बर्खा भनेर काम गर्दैन । त्यसपछि असोज–कात्तिकमा चाडपर्वलाई देखाएर काम गरिँदैन । कात्तिक महिनापछि बल्ल काम थाल्ने गरेको देखिन्छ । अन्तिममा हतार–हतार सबै क्षेत्रले काम गर्ने विगतदेखिको प्रवृत्तिमा सुधार नहुँदा असारे खर्च बढेको प्रवक्ताको भनाइ छ । पुँजीगत खर्चमा सुधार नहुने एउटै कारण नभएर विभिन्न रहेको उनले बताए ।

परियोजना छनोटदेखि कार्यान्वयनसम्म आइपर्ने विविध कानुनी असहजताले पनि समयमा काम अघि बढ्न नसक्ने हुँदा पुँजीगत खर्च बढ्न नसकेको हो । आगामी बजेटमा ३ करोडभन्दा कमका आयोजना समावेश नगरेको हुँदा आउने वर्षमा सुधार देखिने अपेक्षा गर्न सकिने उनले बताए ।

सम्बन्धित समाचार

नेपालको तराई–मधेशमा आलुको मूल्य शृङ्खला संकट: प्रदीप राज कणेल
अर्थतन्त्र

नेपालको तराई–मधेशमा आलुको मूल्य शृङ्खला संकट: प्रदीप राज कणेल

२ दिन अगाडि
अर्थतन्त्र

बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

४ महिना अगाडि
अर्थतन्त्र

सबैभन्दा धेरै आयकर तिर्ने व्यक्तिः राजबहादुर शाह, निकायः दूरसञ्चार प्राधिकरण

५ महिना अगाडि
अर्थतन्त्र

मंसिरका लागि थप घट्यो ब्याजदर, १० बैंकले राखे स्थिर

५ महिना अगाडि
अर्थतन्त्र

विकास बैंकको निष्क्रिय कर्जा झण्डै ६ प्रतिशत

५ महिना अगाडि
अर्थतन्त्र

आयोगलाई आगामी निर्वाचनका लागि ४ अर्ब ९६ करोड बजेट स्वीकृत

५ महिना अगाडि

Discussion about this post

ताजा

जनकपुरमा बुलडोजर प्रयोग गरी सफाइ, गृहमन्त्रीको प्रत्यक्ष निर्देशनराजेश सिंह कुशवाहा२०८२/१२/१८ बुधवारलभकुश अनलाइन टिभीजनकपुर — मधेश प्रदेश सरकारले जनकपुरधाममा अतिक्रमण हटाउने अभियान अन्तर्गत बुलडोजर प्रयोग गरी सफाइ कार्य तीव्र पारेको छ। मधेश प्रदेश का गृहमन्त्री फकिरा कुशवाहाको निर्देशनमा गरिएको उक्त अभियानले फुटपाथ र सार्वजनिक क्षेत्र खाली गराउने काम अघि बढाएको हो।प्राप्त जानकारी अनुसार जनकपुरधामको शिवचोक–गंगासागर क्षेत्रमा वर्षौँदेखि सञ्चालनमा रहेका फुटपाथ पसल तथा अस्थायी संरचना डोजर प्रयोग गरी हटाइएको छ। प्रहरी तथा नगर प्रहरीको सहयोगमा सञ्चालन गरिएको अभियान दुई दिनसम्म निरन्तर चलाइएको थियो।गृहमन्त्री स्वयं स्थलमा पुगेर अनुगमन गर्दै अतिक्रमण हटाउने कार्यलाई तीव्रता दिएका थिए। प्रारम्भमा व्यवसायीहरूलाई स्वेच्छाले हट्न अल्टिमेटम दिइएको थियो, तर अटेर गरेपछि डोजर प्रयोग गरिएको जनाइएको छ।यस अभियानपछि सम्बन्धित क्षेत्रमा सडक तथा फुटपाथ खुला भएको छ भने सहरको सौन्दर्यीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।तर, हटाइएका फुटपाथ व्यवसायीहरूले भने वैकल्पिक व्यवस्था नगरी जीविकोपार्जनमा असर परेको गुनासो गरेका छन्। उनीहरूले साना व्यवसाय मात्र नभई ठूला अतिक्रमणमा पनि समान रूपमा कारबाही गर्न माग गरेका छन्।सरकारले भने सार्वजनिक स्थान अतिक्रमणमुक्त बनाउने अभियान आगामी दिनमा पनि जारी रहने संकेत दिएको छ।

१५ घण्टा अगाडि

प्रादेशिक अस्पतालमा मंलगवा ठूलो लापरबाही, बिरामीको ज्यान जोखिममा

१ दिन अगाडि
धर्म जागरण समन्वय परिषद् नेपाल मधेश प्रदेश संयोजक कुशवाहा नियुक्त

धर्म जागरण समन्वय परिषद् नेपाल मधेश प्रदेश संयोजक कुशवाहा नियुक्त

२ दिन अगाडि
नेपालगञ्ज घटनाको विरोधमा जनकपुरधाममा शान्तिपूर्ण प्रदर्शन तथा श्रद्धाञ्जली

नेपालगञ्ज घटनाको विरोधमा जनकपुरधाममा शान्तिपूर्ण प्रदर्शन तथा श्रद्धाञ्जली

२ दिन अगाडि
सामाजिक विकास इकाई सर्लाहीकाे रूपमा प्रमुख कुशवाहा हाँजिर ।

सामाजिक विकास इकाई सर्लाहीकाे रूपमा प्रमुख कुशवाहा हाँजिर ।

२ दिन अगाडि

उमेर, नाम र जात सच्याउने कानुनी व्यवस्था”

२ दिन अगाडि

पढ्नै पर्ने

  • पढ्नै पर्ने

जनकपुरमा बुलडोजर प्रयोग गरी सफाइ, गृहमन्त्रीको प्रत्यक्ष निर्देशनराजेश सिंह कुशवाहा२०८२/१२/१८ बुधवारलभकुश अनलाइन टिभीजनकपुर — मधेश प्रदेश सरकारले जनकपुरधाममा अतिक्रमण हटाउने अभियान अन्तर्गत बुलडोजर प्रयोग गरी सफाइ कार्य तीव्र पारेको छ। मधेश प्रदेश का गृहमन्त्री फकिरा कुशवाहाको निर्देशनमा गरिएको उक्त अभियानले फुटपाथ र सार्वजनिक क्षेत्र खाली गराउने काम अघि बढाएको हो।प्राप्त जानकारी अनुसार जनकपुरधामको शिवचोक–गंगासागर क्षेत्रमा वर्षौँदेखि सञ्चालनमा रहेका फुटपाथ पसल तथा अस्थायी संरचना डोजर प्रयोग गरी हटाइएको छ। प्रहरी तथा नगर प्रहरीको सहयोगमा सञ्चालन गरिएको अभियान दुई दिनसम्म निरन्तर चलाइएको थियो।गृहमन्त्री स्वयं स्थलमा पुगेर अनुगमन गर्दै अतिक्रमण हटाउने कार्यलाई तीव्रता दिएका थिए। प्रारम्भमा व्यवसायीहरूलाई स्वेच्छाले हट्न अल्टिमेटम दिइएको थियो, तर अटेर गरेपछि डोजर प्रयोग गरिएको जनाइएको छ।यस अभियानपछि सम्बन्धित क्षेत्रमा सडक तथा फुटपाथ खुला भएको छ भने सहरको सौन्दर्यीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।तर, हटाइएका फुटपाथ व्यवसायीहरूले भने वैकल्पिक व्यवस्था नगरी जीविकोपार्जनमा असर परेको गुनासो गरेका छन्। उनीहरूले साना व्यवसाय मात्र नभई ठूला अतिक्रमणमा पनि समान रूपमा कारबाही गर्न माग गरेका छन्।सरकारले भने सार्वजनिक स्थान अतिक्रमणमुक्त बनाउने अभियान आगामी दिनमा पनि जारी रहने संकेत दिएको छ।

15 hours ago

प्रादेशिक अस्पतालमा मंलगवा ठूलो लापरबाही, बिरामीको ज्यान जोखिममा

1 day ago
धर्म जागरण समन्वय परिषद् नेपाल मधेश प्रदेश संयोजक कुशवाहा नियुक्त

धर्म जागरण समन्वय परिषद् नेपाल मधेश प्रदेश संयोजक कुशवाहा नियुक्त

2 days ago
नेपालगञ्ज घटनाको विरोधमा जनकपुरधाममा शान्तिपूर्ण प्रदर्शन तथा श्रद्धाञ्जली

नेपालगञ्ज घटनाको विरोधमा जनकपुरधाममा शान्तिपूर्ण प्रदर्शन तथा श्रद्धाञ्जली

2 days ago

लवकुश गोडैता पोष्ट
प्रधान कार्यालय: बानेश्वर, काठमाडौं
शाखा कार्यालय: जनकपुर, मधेश प्रदेश
सूचना विभाग दर्ता नं:
२३९५९५/०७७-०७८
सम्पर्क
सम्पर्क : ‪९८४४२२३४४१, ९८१०७५४९३१
ई-मेल: meaidgroup1717@gmail.com

Follow Us:

हाम्रो टिम

प्रकाशक / सम्पादक: राजेश सिंह कुशवाहा
प्रधान सम्पादक: सुनिल साह
कानुनि सल्लाहकार: उमेश साह, अशाेक यादव
प्रशासन सल्लाहकार: प्रदिपराज कणेल
बारा पत्रकार: बिवेक कुशवाहा

सामाजिक सञ्जाल

© 2026 Lovekush online TV | Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य

Copyright © 2026. Digital Partner Sathi Solutions