मिति :
चैत्र १५, २०८२
March 29, 2026
Lovekush Online TV
Advertisement
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
Lovekush Online TV
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
मिति :
चैत्र १५, २०८२
March 29, 2026
Lovekush Online TV
चैत्र १५, २०८२
March 29, 2026

असार एक महिना नवित्तै सरकारको पूँजीगत खर्च ६८ अर्ब, असारे विकासमा तिब्रता

लवकुश पोष्ट by लवकुश पोष्ट
९ महिना अगाडि
in अर्थतन्त्र, विशेष, साहित्य

काठमाण्डौ । सरकारले असारको २९ दिनमै पूँजीगत शीर्षकको बजेट ३२ प्रतिशत खर्च गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को ११औं महिनासम्म शान्त बसेको सरकारले कुल पूँजीगत खर्चको यति ठूलो अंश खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

महालेखा नियन्त्रकको कार्यालयलका अनुुसार २९ असारसम्म पूँजीगत खर्च २ खर्ब ११ अर्ब ३५ करोड ७९ लाख खर्च भएको छ । ३१ जेठसम्म १ खर्ब ४३ अर्ब ३८ करोड ८८ लाखमात्र पूँजीगत खर्च भएको थियो । असारमा मात्र ६७ अर्ब ९६ करोड ९१ लाख रुपैयाँ खर्च भएको छ । यससँगै सरकारले पुनः एक पटक असारे विकासलाई निरन्तरता दिएको छ ।

अर्थ मन्त्रालयका अनुसार यस अवधिसम्म भएको पूँजीगत खर्च गत आवको यसै अवधिको तुलनामा ३९ अर्ब बढी हो । तर, लक्ष्यको तुलनामा भने दयनीय अवस्था दोहोरिएको छ । चालु आर्थिक वर्षमा सरकारले ३ खर्ब ५२ अर्ब ३५ करोड पूँजीगत बजेट विनियोजन गरेको थियो । जेठसम्मको खर्च तथ्यांक हेर्दा सरकारले लक्ष्य भेट्न असारमा मात्र २ खर्ब ८ अर्ब ९६ करोड ३३ लाख रुपैयाँ खर्च गर्नुपर्ने थियो । तर, २९ असारसम्म भएको खर्चका आधारमा लक्ष्यको ५९.९८ प्रतिशतमात्र पूँजीगत खर्च भएको छ । सरकारले पूँजीगत खर्च बढाउने सन्दर्भमा गरेका सबै प्रतिवद्धता असफल देखिएका छन् ।


सरकारले २०६८/६९ देखि नयाँ ढंगबाट बजेट वर्गीकरण गर्न थालेको हो । त्यसबेलादेखि नै बजेटलाई चालु, पूँजीगत र वित्तीय व्यवस्थामा विभाजन गर्न थालिएको हो । यसरी व्यवस्थित गरी विनियोजन गर्न थालेको पछिल्लो एक दशकभन्दा लामो समययता दुई आर्थिक वर्षबाहेक कुनै पनि आर्थिक वर्षमा पूँजीगत खर्च ८० प्रतिशत नाघेको छैन ।

अर्थ मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०६९/७० र २०७४/७५ मा मात्र पूँजीगत बजेट विनियोजनको ८० प्रतिशतमाथि पुगेको थियो । पछिल्लो १३ वर्षयता पूँजीगत बजेट खर्च ६७.८० प्रतिशतमात्र भएको तथ्यांकमा देखिन्छ ।

सरकारले हरेक बजेट वक्तव्यमा बजेट कार्यान्वयन प्रभावकारी बनाउने भन्दै रकमान्तरमा कडाइ गर्ने घोषणा गर्छ । तर, आव अन्तिमसम्म पनि विकास खर्चले धान्न नसकेपछि रकमान्तरको सहारा लिइन्छ । महालेखा परीक्षकको कार्यालयको ६२औं वार्षिक प्रतिवेदन अनुसार २०८०/८१ मा मात्र सरकारले २ खर्ब ५६ अर्ब ४१ करोड रकमान्तर गरेको थियो । चालु आवमा भएको रकमान्तरको पूरै आँकडा सार्वजनिक भइसकेको छैन । अर्थ मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार चैत र वैशाखमा मात्र १ करोडमाथिको विकास बजेट साढे ६ अर्ब रुपैयाँ रकमान्तर गरिएको छ । यस्तो रकमान्तर जेठ र असारमा निकै धेरै हुन्छ ।


गत आर्थिक वर्षमा २०८०/८१ मा विनियोजित बजेट १७ खर्ब ५१ अर्ब रुपैयाँको १४.६४ प्रतिशत बजेट रकमान्तर गरी खर्च गरिएको थियो । त्यसमध्ये असारमा मात्र २६ अर्ब ९० करोड र असार अन्तिम साता १५ अर्ब ९८ करोड रकमान्तर गरी खर्च गरिएको थियो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली अनुसार पहिलो त्रैमासिक अवधि समाप्त नभएसम्म रकमान्तर गर्न पाइँदैन । तर, अघिल्लो आवमात्र ११ अर्ब ६४ करोड ७ लाख (सुरु विनियोजनको तुलनामा ४.५४ प्रतिशत) बजेट यो अवधिमा रकमान्तर गरी खर्च गरिएको छ ।

अघिल्लो वर्ष सुरु बजेटमा व्यवस्था नभएका २३ कार्यक्रम बीचमा घुसाइएको थियो । जसमा सरकारले ११ अर्ब ७५ करोड ९८ लाख बजेट कायम गरेको छ । बजेट वक्तव्यले राष्ट्रिय गौरवका आयोजनामा विनियोजित बजेट गौरवकै आयोजना बाहेक अन्यत्र रकमान्तर गर्न नपाउने उल्लेख गरेको थियो । तर, अघिल्लो वर्ष ८ वटा राष्ट्रिय गौरवका आयोजनामा विनियोजन गरिएको ५ अर्ब २८ करोड ५० लाख रुपैयाँ गौरवका आयोजना बाहेकमा खर्च गरिएको थियो । खर्च बढाउन यसरी हुने रकमान्तरले सरकारको विनियोजन दक्षता र खर्चको गुणस्तरमा प्रश्न खडा गरेको स्वयं महालेखा परीक्षकको कार्यालयले उल्लेख गरेको छ ।


असार सकिन ३ दिन बाँकी हुँदा पूँजीगत मात्र नभई समग्र बजेट खर्चसमेत उचालिएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार २९ असारसम्म समग्र बजेट खर्च २ खर्ब २६ अर्ब ३२ करोड १३ लाख रुपैयाँ बराबर भएको छ । जेठ मसान्तसम्म समग्र बजेट खर्च १२ खर्ब ८२ अर्ब ९४ करोड ४३ लाख बराबर बजेट खर्च भएकोमा २९ असारसम्म १५ खर्ब ९ अर्ब २६ करोड ५६ लाख बजेट खर्च पुगिसकेको छ । यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट कार्यान्वयन गरिसकेको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री बालेन्द्र शाह
भिडियोे विशेष

प्रधानमन्त्री बालेन्द्र शाह

६ घण्टा अगाडि
नेपालका दलहरुमा आफ्नो कमजोरी देख्ने प्रवृति कम छ
राजनिति

नेपालका दलहरुमा आफ्नो कमजोरी देख्ने प्रवृति कम छ

२ हप्ता अगाडि
अर्थतन्त्र

बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

४ महिना अगाडि
विशेष

वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

४ महिना अगाडि
अर्थतन्त्र

सबैभन्दा धेरै आयकर तिर्ने व्यक्तिः राजबहादुर शाह, निकायः दूरसञ्चार प्राधिकरण

४ महिना अगाडि
अर्थतन्त्र

मंसिरका लागि थप घट्यो ब्याजदर, १० बैंकले राखे स्थिर

४ महिना अगाडि

Discussion about this post

ताजा

पर्यटकको रोजाइमा रास ताल

पर्यटकको रोजाइमा रास ताल

६ घण्टा अगाडि
इरान–अमेरिका तनावः सयौँ अमेरिकी सैनिक घाइते

इरान–अमेरिका तनावः सयौँ अमेरिकी सैनिक घाइते

६ घण्टा अगाडि
नयाँ सरकार गठनसँगै राजनीति र आर्थिक स्थायित्व हुने अपेक्षा

नयाँ सरकार गठनसँगै राजनीति र आर्थिक स्थायित्व हुने अपेक्षा

६ घण्टा अगाडि
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

६ घण्टा अगाडि
Custom Footer

विद्यालयको निर्माणाधीन खेलमैदान भत्कियो

६ घण्टा अगाडि
प्रधानमन्त्री बालेन्द्र शाह

प्रधानमन्त्री बालेन्द्र शाह

६ घण्टा अगाडि

पढ्नै पर्ने

  • पढ्नै पर्ने
पर्यटकको रोजाइमा रास ताल

पर्यटकको रोजाइमा रास ताल

6 hours ago
इरान–अमेरिका तनावः सयौँ अमेरिकी सैनिक घाइते

इरान–अमेरिका तनावः सयौँ अमेरिकी सैनिक घाइते

6 hours ago
नयाँ सरकार गठनसँगै राजनीति र आर्थिक स्थायित्व हुने अपेक्षा

नयाँ सरकार गठनसँगै राजनीति र आर्थिक स्थायित्व हुने अपेक्षा

6 hours ago
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

6 hours ago

लवकुश गोडैता पोष्ट
प्रधान कार्यालय: बानेश्वर, काठमाडौं
शाखा कार्यालय: जनकपुर, मधेश प्रदेश
सूचना विभाग दर्ता नं:
२३९५९५/०७७-०७८
सम्पर्क
सम्पर्क : ‪९८४४२२३४४१, ९८१०७५४९३१
ई-मेल: meaidgroup1717@gmail.com

Follow Us:

हाम्रो टिम

प्रकाशक / सम्पादक: राजेश सिंह कुशवाहा
प्रधान सम्पादक: सुनिल साह
कानुनि सल्लाहकार: उमेश साह, अशाेक यादव
प्रशासन सल्लाहकार: प्रदिपराज कणेल
बारा पत्रकार: बिवेक कुशवाहा

सामाजिक सञ्जाल

© 2026 Lovekush online TV | Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य

Copyright © 2026. Digital Partner Sathi Solutions