मिति :
चैत्र १७, २०८२
March 31, 2026
Lovekush Online TV
Advertisement
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
Lovekush Online TV
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
मिति :
चैत्र १७, २०८२
March 31, 2026
Lovekush Online TV
चैत्र १७, २०८२
March 31, 2026

भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो राष्ट्रसंघीय सम्मेलन सुरु

लवकुश पोष्ट by लवकुश पोष्ट
८ महिना अगाडि
in अन्तर्राष्ट्रिय, अर्थतन्त्र, विशेष

काठमाण्डौ । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलन तुर्कमेनिस्तानको आवाजामा सुरु भएको छ । मंगलबारदेखि २३ गतेसम्म हुने सो सम्मेलनमा सहभागी मलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूलाई तुर्कमेनिस्तान सरकारका उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले उद्घाटनस्थल आवाजास्थित स्पोर्टस कम्प्लेक्समा स्वागत गरेका थिए ।

उद्घाटनसत्रमा सम्बोधन गर्दै महासचिव गुटेरेसले भूपरिवेष्टित मुलुकहरुले अन्तरराष्ट्रिय प्रतिस्पर्धात्मक बजारसम्मको पहुँच बढाउन र भोगिरहेका समस्या समाधान गर्नका लागि आवश्यक सहयोग एवं समन्वयसहित साझा प्रयास गर्नुपर्नेमा जोड दिए । तुर्कमेनिस्तानका राष्ट्रपति बेरदिमुहामेदोभले दक्षिण–दक्षिणको सहकार्यका साथै संसदीय मञ्च, युवा र नागरिक सञ्जालको सक्रियताबाट भूपरिवेष्टित विकासशील राष्ट्रहरूले भोगिरहेका आर्थिक र सामाजिक समस्याको समाधान गर्नुपर्ने बताए ।

यसैगरी संयुक्त राष्ट्रसंघको ७९औँ महासभाका अध्यक्ष फिलेमोन युन्जीले पनि उद्घाटनसत्रलाई सम्बोधन गरेका थिए । सम्मेलनको ‘प्लेनरी’सत्र आवाजास्थित पर्यटकीय भवनमा सुरुभएको छ । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी भएका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सम्बोधन गर्नेछन् । उनले अल्पविकसित मुलुक (एलडिसी) समूहका तर्फबाट समेत सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ ।

यसैगरी, सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुख र संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तरराष्ट्रिय संस्थाका उच्चपदस्थ पदाधिकारीहरूसँग भेटवार्ता गर्नेछन् । समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँच नभएका कारण विशेषगरी भूपरिवेष्टित विकासशील देशहरूले अन्तरराष्ट्रिय व्यापार, ‘कनेक्टिभिटी’ र आर्थिक विकासमा कठिनाइ झेलिरहेको अवस्थामा तुर्कमेनिस्तानमा भइरहेको सो समूहको तेस्रो सम्मेलनलाई महत्त्वका साथ हेरिएको छ ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर थापा क्षेत्री, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्राडा दिव्यासिंह शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी छन् । काठमाण्डौ । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलन तुर्कमेनिस्तानको आवाजामा सुरु भएको छ । मंगलबारदेखि २३ गतेसम्म हुने सो सम्मेलनमा सहभागी मलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूलाई तुर्कमेनिस्तान सरकारका उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले उद्घाटनस्थल आवाजास्थित स्पोर्टस कम्प्लेक्समा स्वागत गरेका थिए ।

उद्घाटनसत्रमा सम्बोधन गर्दै महासचिव गुटेरेसले भूपरिवेष्टित मुलुकहरुले अन्तरराष्ट्रिय प्रतिस्पर्धात्मक बजारसम्मको पहुँच बढाउन र भोगिरहेका समस्या समाधान गर्नका लागि आवश्यक सहयोग एवं समन्वयसहित साझा प्रयास गर्नुपर्नेमा जोड दिए । तुर्कमेनिस्तानका राष्ट्रपति बेरदिमुहामेदोभले दक्षिण–दक्षिणको सहकार्यका साथै संसदीय मञ्च, युवा र नागरिक सञ्जालको सक्रियताबाट भूपरिवेष्टित विकासशील राष्ट्रहरूले भोगिरहेका आर्थिक र सामाजिक समस्याको समाधान गर्नुपर्ने बताए ।

यसैगरी संयुक्त राष्ट्रसंघको ७९औँ महासभाका अध्यक्ष फिलेमोन युन्जीले पनि उद्घाटनसत्रलाई सम्बोधन गरेका थिए । सम्मेलनको ‘प्लेनरी’सत्र आवाजास्थित पर्यटकीय भवनमा सुरुभएको छ । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी भएका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सम्बोधन गर्नेछन् । उनले अल्पविकसित मुलुक (एलडिसी) समूहका तर्फबाट समेत सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ ।

यसैगरी, सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुख र संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तरराष्ट्रिय संस्थाका उच्चपदस्थ पदाधिकारीहरूसँग भेटवार्ता गर्नेछन् । समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँच नभएका कारण विशेषगरी भूपरिवेष्टित विकासशील देशहरूले अन्तरराष्ट्रिय व्यापार, ‘कनेक्टिभिटी’ र आर्थिक विकासमा कठिनाइ झेलिरहेको अवस्थामा तुर्कमेनिस्तानमा भइरहेको सो समूहको तेस्रो सम्मेलनलाई महत्त्वका साथ हेरिएको छ ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर थापा क्षेत्री, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्राडा दिव्यासिंह शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी छन् ।काठमाण्डौ । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलन तुर्कमेनिस्तानको आवाजामा सुरु भएको छ । मंगलबारदेखि २३ गतेसम्म हुने सो सम्मेलनमा सहभागी मलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूलाई तुर्कमेनिस्तान सरकारका उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले उद्घाटनस्थल आवाजास्थित स्पोर्टस कम्प्लेक्समा स्वागत गरेका थिए ।

उद्घाटनसत्रमा सम्बोधन गर्दै महासचिव गुटेरेसले भूपरिवेष्टित मुलुकहरुले अन्तरराष्ट्रिय प्रतिस्पर्धात्मक बजारसम्मको पहुँच बढाउन र भोगिरहेका समस्या समाधान गर्नका लागि आवश्यक सहयोग एवं समन्वयसहित साझा प्रयास गर्नुपर्नेमा जोड दिए । तुर्कमेनिस्तानका राष्ट्रपति बेरदिमुहामेदोभले दक्षिण–दक्षिणको सहकार्यका साथै संसदीय मञ्च, युवा र नागरिक सञ्जालको सक्रियताबाट भूपरिवेष्टित विकासशील राष्ट्रहरूले भोगिरहेका आर्थिक र सामाजिक समस्याको समाधान गर्नुपर्ने बताए ।

यसैगरी संयुक्त राष्ट्रसंघको ७९औँ महासभाका अध्यक्ष फिलेमोन युन्जीले पनि उद्घाटनसत्रलाई सम्बोधन गरेका थिए । सम्मेलनको ‘प्लेनरी’सत्र आवाजास्थित पर्यटकीय भवनमा सुरुभएको छ । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी भएका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सम्बोधन गर्नेछन् । उनले अल्पविकसित मुलुक (एलडिसी) समूहका तर्फबाट समेत सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ ।

यसैगरी, सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुख र संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तरराष्ट्रिय संस्थाका उच्चपदस्थ पदाधिकारीहरूसँग भेटवार्ता गर्नेछन् । समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँच नभएका कारण विशेषगरी भूपरिवेष्टित विकासशील देशहरूले अन्तरराष्ट्रिय व्यापार, ‘कनेक्टिभिटी’ र आर्थिक विकासमा कठिनाइ झेलिरहेको अवस्थामा तुर्कमेनिस्तानमा भइरहेको सो समूहको तेस्रो सम्मेलनलाई महत्त्वका साथ हेरिएको छ ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर थापा क्षेत्री, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्राडा दिव्यासिंह शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी छन् ।(रासस)

सम्बन्धित समाचार

नेपालको तराई–मधेशमा आलुको मूल्य शृङ्खला संकट: प्रदीप राज कणेल
अर्थतन्त्र

१ दिन अगाडि
गृह, कानुन मन्त्री कुशवाहाकाे चमत्कारी काम
राजनिति

२ दिन अगाडि
इरान–अमेरिका तनावः सयौँ अमेरिकी सैनिक घाइते
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनावः सयौँ अमेरिकी सैनिक घाइते

२ दिन अगाडि
प्रधानमन्त्री बालेन्द्र शाह
भिडियोे विशेष

प्रधानमन्त्री बालेन्द्र शाह

२ दिन अगाडि
नेपालका दलहरुमा आफ्नो कमजोरी देख्ने प्रवृति कम छ
राजनिति

नेपालका दलहरुमा आफ्नो कमजोरी देख्ने प्रवृति कम छ

२ हप्ता अगाडि
अर्थतन्त्र

बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

४ महिना अगाडि

Discussion about this post

ताजा

प्रादेशिक अस्पतालमा मंलगवा ठूलो लापरबाही, बिरामीको ज्यान जोखिममा

३३ मिनेट अगाडि
धर्म जागरण समन्वय परिषद् नेपाल मधेश प्रदेश संयोजक कुशवाहा नियुक्त

१५ घण्टा अगाडि
नेपालगञ्ज घटनाको विरोधमा जनकपुरधाममा शान्तिपूर्ण प्रदर्शन तथा श्रद्धाञ्जली

१६ घण्टा अगाडि
सामाजिक विकास इकाई सर्लाहीकाे रूपमा प्रमुख कुशवाहा हाँजिर ।

उमेर, नाम र जात सच्याउने कानुनी व्यवस्था”

१७ घण्टा अगाडि
नेपालको तराई–मधेशमा आलुको मूल्य शृङ्खला संकट: प्रदीप राज कणेल

नेपालको तराई–मधेशमा आलुको मूल्य शृङ्खला संकट: प्रदीप राज कणेल

१ दिन अगाडि

पढ्नै पर्ने

  • पढ्नै पर्ने

प्रादेशिक अस्पतालमा मंलगवा ठूलो लापरबाही, बिरामीको ज्यान जोखिममा

33 minutes ago
धर्म जागरण समन्वय परिषद् नेपाल मधेश प्रदेश संयोजक कुशवाहा नियुक्त

धर्म जागरण समन्वय परिषद् नेपाल मधेश प्रदेश संयोजक कुशवाहा नियुक्त

15 hours ago
नेपालगञ्ज घटनाको विरोधमा जनकपुरधाममा शान्तिपूर्ण प्रदर्शन तथा श्रद्धाञ्जली

नेपालगञ्ज घटनाको विरोधमा जनकपुरधाममा शान्तिपूर्ण प्रदर्शन तथा श्रद्धाञ्जली

16 hours ago
सामाजिक विकास इकाई सर्लाहीकाे रूपमा प्रमुख कुशवाहा हाँजिर ।

सामाजिक विकास इकाई सर्लाहीकाे रूपमा प्रमुख कुशवाहा हाँजिर ।

16 hours ago

लवकुश गोडैता पोष्ट
प्रधान कार्यालय: बानेश्वर, काठमाडौं
शाखा कार्यालय: जनकपुर, मधेश प्रदेश
सूचना विभाग दर्ता नं:
२३९५९५/०७७-०७८
सम्पर्क
सम्पर्क : ‪९८४४२२३४४१, ९८१०७५४९३१
ई-मेल: meaidgroup1717@gmail.com

Follow Us:

हाम्रो टिम

प्रकाशक / सम्पादक: राजेश सिंह कुशवाहा
प्रधान सम्पादक: सुनिल साह
कानुनि सल्लाहकार: उमेश साह, अशाेक यादव
प्रशासन सल्लाहकार: प्रदिपराज कणेल
बारा पत्रकार: बिवेक कुशवाहा

सामाजिक सञ्जाल

© 2026 Lovekush online TV | Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य

Copyright © 2026. Digital Partner Sathi Solutions