मिति :
चैत्र १९, २०८२
April 2, 2026
Advertisement
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
Lovekush Online TV
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
मिति :
चैत्र १९, २०८२
April 2, 2026
LoveKush Online
चैत्र १९, २०८२
April 2, 2026

चेक बाउन्स कसरी हुन्छ ? कालो सूचीमा कसरी परिन्छ ?

लवकुश पोष्ट by लवकुश पोष्ट
५ महिना अगाडि
in अर्थतन्त्र, पढ्नै पर्ने, साहित्य

काठमाण्डौं । नेपाल राष्ट्र बैंकको चेक अनादर प्रमाणीकरण कार्यविधि २०८२ अनुसार कसैले पनि आफ्नो खातामा पैसा नभई वा पर्याप्त नभइ चेक जारी गर्नु हुँदैन । मौज्दात नभएको वा मौज्दात पर्याप्त नभएको चेक पेस हुन आएमा बैंक वा वित्तीय संस्था वा सहकारी बैंकले धारकलाई फिर्ता गर्नुपर्नेछ ।

खातामा रकम मौज्दात नभएको वा मौज्दात पर्याप्त नभएको कारणले धारकले चेक अनादर भएको प्रमाणित गराउन चाहेमा प्रक्रिया पूरा गरी चेक जारी गर्ने बैंक वा वित्तीय संस्था वा सहकारी बैंकले चेक अनादर भएको प्रमाणित गरिदिनुपर्नेछ ।

बैंक वा वित्तीय संस्थाले भुक्तानीका लागि पेश हुन आएको चेकको भुक्तानी गर्न आवश्यक मौज्दात खातामा नभएमा उक्त विषय उल्लेख गरी त्यस्तो चेक धारकलाई नै फिर्ता दिनुपर्छ ।

साथै उक्त चेक धारकले अनादर भएको प्रमाणित गराउन चाहेमा बैंक वा वित्तीय संस्थाले आफूसमक्ष धारकले चेक सहित निवेदन पेश गरेको मितिले बढीमा ४५ (पैतालीस) दिनको म्याद दिएर आवश्यक रकम जम्मा गर्न खातावालालाई जुनसुकै माध्यमबाट सूचना दिनुपर्ने र सोको अभिलेख राख्नु पर्नेछ । यसरी खातावालालाई दिएको सूचनाको अभिलेख राखिसकेपछि सो व्यहोरा संक्षिप्त रुपमा चेकमा समेत जनाई त्यस्तो चेक धारकलाई फिर्ता गर्नुपर्नेछ ।

तोकिएको समयसम्ममा पनि चेकमा उल्लेख गरिए बमोजिमको रकम भुक्तानी माग्दा खातामा आवश्यक मौज्दात रकम नरहेको कारणबाट भुक्तानी दिन नसकिने भएमा बैंक वा वित्तीय संस्थाले तीन दिनभित्र उक्त चेक अनादर भएको प्रमाणित गरी धारकलाई नै फिर्ता गर्नुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ ।

चेक धारकले अनादर भएको प्रमाणित गराउन चाहेमा चेक जारी गर्ने बैंक वा वित्तीय संस्थाको जुनसुकै शाखा/कार्यालयमा निवेदन दिन सक्नेछ । सहकारी बैंकले जारी गरेको चेकको हकमा समेत यो व्यवस्था लागु हुन्छ । यसरी चेक अनादर प्रमाणित भएपछि चेक जारी गर्ने खातावाला तथा सोसँग सम्बन्धित पक्षलाई कालोसूचीमा राख्न धारकले सम्बन्धित बैंक वा वित्तीय संस्था समक्ष निवेदन दिनुपर्नेछ ।

कस्तो अवस्थामा कालोसूचीमा परिन्छ ?

कर्जा सूचना केन्द्रको कालोसूचीमा पर्ने अवस्थालाई केन्द्रीय बैंकले स्पष्टसँग तोकेको छ । नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन अनुसार दश लाख रुपैयाँ वा सोभन्दा बढीको कर्जा/सुविधा लिएका ऋणीले साँवा वा कुनै किस्ता वा ब्याजको भुक्तानी मिति एक वर्षसम्म नतिरेमा कालोसूचीमा राख्न सक्ने व्यवस्था छ ।

कर्जाको दूरुपयोग गरेको प्रमाणित भएमा पनि कालोसूचीमा पर्ने व्यवस्था निर्देशनमा उल्लेख छ । त्यसैगरी सुरक्षणमा राखेको सामान/सम्पत्ति दूरुपयोग गरेको प्रमाणित भएमा, ऋणी बेपत्ता भएमा वा ९० दिनसम्म सम्पर्कमा नआएमा, ऋणी टाट पल्टेमा, ऋणी विरुद्ध अदालतमा मुद्दा दायर भएमा, ऋण असुली न्यायाधिकरणमा उजुरी परेमा, गैरकोषमा आधारित सुविधा वा क्रेडिट कार्ड वा नक्कली चेक, ड्राप्ट, विदेशी मुद्रा, क्रेडिट/डेविट कार्ड, बिल्स आदि कागजात तथा उपकरण प्रयोग गरी रकम ठगी गरेमा कालोसूचीमा राख्नु पर्ने व्यवस्था केन्द्रीय बैंकले तोकेको छ । त्यस्तै सोही ठगी गर्ने प्रयास गरेको विषयमा अदालतबाट कसुरदार ठहरिएमा पनि कालोसूचीमा राख्नु पर्नेछ ।

कुनै व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्था वित्तीय कारोबार सम्बन्धी अपराधमा संलग्न भएको प्रमाणित भएमा पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा पर्ने व्यवस्था छ । बैंक तथा वित्तीय संस्थाले संस्थाले कर्जा अपलेखन गर्नुपर्दाको अवस्थामा तथा खातामा मौज्दात अपर्याप्त भएमा कालोसूचीमा राख्न सकिन्छ ।

त्यसैगरी नेपाल राष्ट्र बैंक ऐन, २०५८, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा अन्य नीतिगत व्यवस्था बमोजिम यस बैंकले दिएको निर्देशनको पालना नगरी नगद जरिवानाको कारबाहीमा परेका बैंक तथा वित्तीय संस्थाका सञ्चालक, कार्यकारी प्रमुख तथा अन्य कर्मचारीबाट नगद जरिवाना भुक्तानी नभएसम्म कालोसूचीमा पर्ने व्यवस्था छ ।

खातामा रकम मौज्दात नभएको वा मौज्दात भए पनि पर्याप्त नभएको अवस्थामा चेक अनादर प्रमाणित भएमा, खातामा पर्याप्त मौज्दात भएतापनि चेक धारकले चेकमा उल्लिखित विवरण सही भएको यकिन गर्न सक्ने अवस्थामा बाहेक अन्य जुनसुकै अवस्थामा चेक फिर्ता भएमा पनि कालोसूचीमा परिन्छ ।

सम्बन्धित समाचार

नेपालको तराई–मधेशमा आलुको मूल्य शृङ्खला संकट: प्रदीप राज कणेल
अर्थतन्त्र

नेपालको तराई–मधेशमा आलुको मूल्य शृङ्खला संकट: प्रदीप राज कणेल

३ दिन अगाडि
अर्थतन्त्र

बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

४ महिना अगाडि
अर्थतन्त्र

सबैभन्दा धेरै आयकर तिर्ने व्यक्तिः राजबहादुर शाह, निकायः दूरसञ्चार प्राधिकरण

५ महिना अगाडि
अर्थतन्त्र

मंसिरका लागि थप घट्यो ब्याजदर, १० बैंकले राखे स्थिर

५ महिना अगाडि
अर्थतन्त्र

विकास बैंकको निष्क्रिय कर्जा झण्डै ६ प्रतिशत

५ महिना अगाडि
अर्थतन्त्र

आयोगलाई आगामी निर्वाचनका लागि ४ अर्ब ९६ करोड बजेट स्वीकृत

५ महिना अगाडि

Discussion about this post

ताजा

मधेश प्रदेश राजधानी जनकपुरमा प्रहार, दुई जना गम्भीर घाइते

१० घण्टा अगाडि

जनकपुरमा बुलडोजर प्रयोग गरी सफाइ, गृहमन्त्रीको प्रत्यक्ष निर्देशनराजेश सिंह कुशवाहा२०८२/१२/१८ बुधवारलभकुश अनलाइन टिभीजनकपुर — मधेश प्रदेश सरकारले जनकपुरधाममा अतिक्रमण हटाउने अभियान अन्तर्गत बुलडोजर प्रयोग गरी सफाइ कार्य तीव्र पारेको छ। मधेश प्रदेश का गृहमन्त्री फकिरा कुशवाहाको निर्देशनमा गरिएको उक्त अभियानले फुटपाथ र सार्वजनिक क्षेत्र खाली गराउने काम अघि बढाएको हो।प्राप्त जानकारी अनुसार जनकपुरधामको शिवचोक–गंगासागर क्षेत्रमा वर्षौँदेखि सञ्चालनमा रहेका फुटपाथ पसल तथा अस्थायी संरचना डोजर प्रयोग गरी हटाइएको छ। प्रहरी तथा नगर प्रहरीको सहयोगमा सञ्चालन गरिएको अभियान दुई दिनसम्म निरन्तर चलाइएको थियो।गृहमन्त्री स्वयं स्थलमा पुगेर अनुगमन गर्दै अतिक्रमण हटाउने कार्यलाई तीव्रता दिएका थिए। प्रारम्भमा व्यवसायीहरूलाई स्वेच्छाले हट्न अल्टिमेटम दिइएको थियो, तर अटेर गरेपछि डोजर प्रयोग गरिएको जनाइएको छ।यस अभियानपछि सम्बन्धित क्षेत्रमा सडक तथा फुटपाथ खुला भएको छ भने सहरको सौन्दर्यीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।तर, हटाइएका फुटपाथ व्यवसायीहरूले भने वैकल्पिक व्यवस्था नगरी जीविकोपार्जनमा असर परेको गुनासो गरेका छन्। उनीहरूले साना व्यवसाय मात्र नभई ठूला अतिक्रमणमा पनि समान रूपमा कारबाही गर्न माग गरेका छन्।सरकारले भने सार्वजनिक स्थान अतिक्रमणमुक्त बनाउने अभियान आगामी दिनमा पनि जारी रहने संकेत दिएको छ।

१ दिन अगाडि

प्रादेशिक अस्पतालमा मंलगवा ठूलो लापरबाही, बिरामीको ज्यान जोखिममा

२ दिन अगाडि
धर्म जागरण समन्वय परिषद् नेपाल मधेश प्रदेश संयोजक कुशवाहा नियुक्त

धर्म जागरण समन्वय परिषद् नेपाल मधेश प्रदेश संयोजक कुशवाहा नियुक्त

३ दिन अगाडि
नेपालगञ्ज घटनाको विरोधमा जनकपुरधाममा शान्तिपूर्ण प्रदर्शन तथा श्रद्धाञ्जली

नेपालगञ्ज घटनाको विरोधमा जनकपुरधाममा शान्तिपूर्ण प्रदर्शन तथा श्रद्धाञ्जली

३ दिन अगाडि
सामाजिक विकास इकाई सर्लाहीकाे रूपमा प्रमुख कुशवाहा हाँजिर ।

सामाजिक विकास इकाई सर्लाहीकाे रूपमा प्रमुख कुशवाहा हाँजिर ।

३ दिन अगाडि

पढ्नै पर्ने

  • पढ्नै पर्ने

मधेश प्रदेश राजधानी जनकपुरमा प्रहार, दुई जना गम्भीर घाइते

10 hours ago

जनकपुरमा बुलडोजर प्रयोग गरी सफाइ, गृहमन्त्रीको प्रत्यक्ष निर्देशनराजेश सिंह कुशवाहा२०८२/१२/१८ बुधवारलभकुश अनलाइन टिभीजनकपुर — मधेश प्रदेश सरकारले जनकपुरधाममा अतिक्रमण हटाउने अभियान अन्तर्गत बुलडोजर प्रयोग गरी सफाइ कार्य तीव्र पारेको छ। मधेश प्रदेश का गृहमन्त्री फकिरा कुशवाहाको निर्देशनमा गरिएको उक्त अभियानले फुटपाथ र सार्वजनिक क्षेत्र खाली गराउने काम अघि बढाएको हो।प्राप्त जानकारी अनुसार जनकपुरधामको शिवचोक–गंगासागर क्षेत्रमा वर्षौँदेखि सञ्चालनमा रहेका फुटपाथ पसल तथा अस्थायी संरचना डोजर प्रयोग गरी हटाइएको छ। प्रहरी तथा नगर प्रहरीको सहयोगमा सञ्चालन गरिएको अभियान दुई दिनसम्म निरन्तर चलाइएको थियो।गृहमन्त्री स्वयं स्थलमा पुगेर अनुगमन गर्दै अतिक्रमण हटाउने कार्यलाई तीव्रता दिएका थिए। प्रारम्भमा व्यवसायीहरूलाई स्वेच्छाले हट्न अल्टिमेटम दिइएको थियो, तर अटेर गरेपछि डोजर प्रयोग गरिएको जनाइएको छ।यस अभियानपछि सम्बन्धित क्षेत्रमा सडक तथा फुटपाथ खुला भएको छ भने सहरको सौन्दर्यीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।तर, हटाइएका फुटपाथ व्यवसायीहरूले भने वैकल्पिक व्यवस्था नगरी जीविकोपार्जनमा असर परेको गुनासो गरेका छन्। उनीहरूले साना व्यवसाय मात्र नभई ठूला अतिक्रमणमा पनि समान रूपमा कारबाही गर्न माग गरेका छन्।सरकारले भने सार्वजनिक स्थान अतिक्रमणमुक्त बनाउने अभियान आगामी दिनमा पनि जारी रहने संकेत दिएको छ।

1 day ago

प्रादेशिक अस्पतालमा मंलगवा ठूलो लापरबाही, बिरामीको ज्यान जोखिममा

2 days ago
धर्म जागरण समन्वय परिषद् नेपाल मधेश प्रदेश संयोजक कुशवाहा नियुक्त

धर्म जागरण समन्वय परिषद् नेपाल मधेश प्रदेश संयोजक कुशवाहा नियुक्त

3 days ago

लवकुश गोडैता पोष्ट
प्रधान कार्यालय: बानेश्वर, काठमाडौं
शाखा कार्यालय: जनकपुर, मधेश प्रदेश
सूचना विभाग दर्ता नं:
२३९५९५/०७७-०७८
सम्पर्क
सम्पर्क : ‪९८४४२२३४४१, ९८१०७५४९३१
ई-मेल: meaidgroup1717@gmail.com

Follow Us:

हाम्रो टिम

प्रकाशक / सम्पादक: राजेश सिंह कुशवाहा
प्रधान सम्पादक: सुनिल साह
कानुनि सल्लाहकार: उमेश साह, अशाेक यादव
प्रशासन सल्लाहकार: प्रदिपराज कणेल
बारा पत्रकार: बिवेक कुशवाहा

सामाजिक सञ्जाल

© 2026 Lovekush online TV | Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य

Copyright © 2026. Digital Partner Sathi Solutions