मिति :
चैत्र १५, २०८२
March 29, 2026
Lovekush Online TV
Advertisement
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
Lovekush Online TV
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
मिति :
चैत्र १५, २०८२
March 29, 2026
Lovekush Online TV
चैत्र १५, २०८२
March 29, 2026

बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

लवकुश पोष्ट by लवकुश पोष्ट
४ महिना अगाडि
in अर्थतन्त्र, साहित्य

काठमाण्डौ । अर्थतन्त्रमा सुस्ताउँदै जाँदा त्यसको प्रत्यक्ष असर बैंकहरुमा परेको छ । बैंकहरूको नाफा घटेको छ भने निष्क्रिय कर्जा तथा गैरबैंकिङ सम्पत्ति बढेको छ ।

नाफा प्रभावित भएसँगै बैंकहरूको महत्वपूर्ण सूचक प्रतिसेयर आम्दानी पनि खुम्चिन पुगेको छ । अघिल्ला आवमा सुस्त रहेको बैंकको प्रतिसेयर आम्दानी गत आवमा केही लयमा आउने प्रयास गरेको थियो । तर, चालु आवको सुरुवातदेखि नै फेरि प्रतिसेयर आम्दानीमा निराशाजनक गिरावट आएको छ ।

कुनै समय निकै उच्च बनेको प्रतिसेयर आम्दानी (ईपीएस) अहिले घटेर निकै न्यून अवस्थामा पुगिसकेको वाणिज्य बैंकहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले देखाएको छ । २०८२ असारको तुलनामा यही असोजसम्ममा वाणिज्य बैंकहरूको प्रतिसेयर आम्दानी औषतमा ५ रुपैयाँ २९ पैसा घटेको छ । गत असारमा प्रतिसेयर आम्दानी १९.४४ रुपैयाँ रहेकोमा असोजसम्ममा १४.४५ रुपैयाँमा संकुचित भएको छ ।

२०८१ असोजमा भने बैंकहरूको औषत प्रतिसेयर आम्दानी १७.६० रुपैयाँ थियो । यस्तै, अघिल्लो आवको असोजमा १४.६६ रुपैयाँ थियो । गत वर्ष विस्तारै बढ्न थालेको बैंकहरूको प्रतिसेयर आम्दानी फेरि घट्ने क्रममा देखिएको हो । विगतमा रहेको अर्थतन्त्रको सुस्तता चिरिँदै गएको अवस्थामा फेरि चालु आवको पहिलो त्रैमासमा त्यो सुस्तताले पुनः निरन्तरता पाएको यसले देखाएको छ । खासगरी गत भदौ २४ मा भएको हिंसात्मक आन्दोलनपछि निजी क्षेत्रको अवस्था बिग्रँदा त्यसको असर बैंकसम्म पुगेको बैंकरहरू बताउँछन् । कुनै समय बैंकमा गरिने लगानीमा ठूलो आकर्षण रहेकोमा अहिले त्यो घट्दै गएको छ ।

गत असारको तुलनामा असोजमा २० मध्ये ७ वटा वाणिज्य बैंकको मात्रै प्रतिसेयर आम्दानी बढेको वित्तीय विवरणले देखाउँछ । तीन महिना अवधि (साउन–असोजसम्म)मा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी कुमारी बैंकको बढेको छ । यस बैंकको प्रतिसेयर आम्दानी गत असारमा ८.०७ रुपैयाँ रहेकोमा असोजसम्ममा ८.०४ रुपैयाँ बढेर १६.११ रुपैयाँ पुगेको छ ।

यसैगरी चालु आवको तीन महिनासम्ममा सबैभन्दा बढी प्रतिसेयर आम्दानी कृषि विकास बैंकको घटेको छ । गत असारमा २७.६३ रुपैयाँ रहेको यस बैंकको प्रतिसेयर आम्दानी असोजमा आइपुग्दा १७ पैसामा सीमित भएको छ ।

यस्तै, सिटिजन्स बैंकको प्रतिसेयर आम्दानी ऋणात्मक रहेको छ । चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार सिटिजन्सको प्रतिसेयर आम्दानी ५.९७ रुपैयाँ ऋणात्मक छ । गत असारमा यस बैंकको प्रतिसेयर आम्दानी ८.७६ रुपैयाँ थियो ।

चालु आवको असोजको विवरण अनुसार एभरेष्ट बैंकको प्रतिसेयर आम्दानी सबैभन्दा बढी छ । असोजसम्ममा यस बैंकको प्रतिसेयर आम्दानी ३६.४४ रुपैयाँ रहेको छ । यद्यपि, गत असारको तुलनामा भने यो बैंकको प्रतिसेयर आम्दानी १.५५ रुपैयाँले घटेको छ ।

एभरेष्टपछि स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रतिसेयर आम्दानी २७.५७ रुपैयाँ छ । गत असारमा यस बैंकको प्रतिसेयर आम्दानी ३०.१७ रुपैयाँ रहेकोमा तीन महिनाको अवधिमा २.६ रुपैयाँ गिरावट आएको हो ।

यस्तै, नबिल बैंकको प्रतिसेयर आम्दानी असोजसम्ममा २५.९४ रुपैयाँ छ । गत असारमा २०.७४ रुपैयाँ रहेको यो बैंकको प्रतिसेयर आम्दानी तीन महिनामा ५.२ रुपैयाँले वृद्धि भएको हो । नबिलसँगै प्राइम, एनएमबि, ग्लोबल, नेपाल एसबिआई, कुमारी, हिमालयन र एनआईसी एशिया बैंकको प्रतिसेयर आम्दानी बढेको छ ।
अर्थतन्त्रमा आएको सुस्तता बैंकिङ प्रणालीमा ‘सिफ्ट’ हुँदा बैंकहरुको खुद नाफामा ठूलो प्रभाव परेको छ । गत आर्थिक वर्षको तुलनामा बैंकहरूको खुद नाफा १८.४७ प्रतिशत घटेको छ । पहिलो त्रैमाससम्म वाणिज्य बैंकहरूले कुल १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आवको सोही अवधिमा बैंकहरूले १६ अर्ब १२ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

प्रतिसेयर आम्दानी बैंकको कुल नाफालाई कुल सेयर संख्याले भाग गरेर निकालिन्छ । नाफा घट्दा प्रतिसेयर आम्दानी पनि घट्न जान्छ भने नाफामा सुधार आउँदा प्रतिसेयर आम्दानीमा पनि सुधार आउँछ । त्यसकारण बैंकको वित्तीय विवरण जति सुध्रन्छ, त्यति नै प्रतिसेयर आम्दानी जस्ता सूचकको अवस्था पनि सुध्रने हुन्छ ।

प्रतिसेयर आम्दानी जति धेरै भयो, त्यति राम्रो मानिन्छ । अर्थतन्त्रको सुस्तताका कारण समग्र सूचकमा असर गर्दा बैंकहरूको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको हो । यसलाई सेयर बजारका लगानीकर्ताले महत्वका साथ हेर्ने गरेका हुन्छन् । यसको घटबढले बजारलाई प्रभाव पार्छ । जानकारहरूका अनुसार, प्रतिसेयर आम्दानी घट्नु भनेको कम्पनीको पर्फर्मेन्स घट्दै गएको देखिनु हो भने बढ्नु भनेको राम्रो हुनु हो ।

सम्बन्धित समाचार

अर्थतन्त्र

सबैभन्दा धेरै आयकर तिर्ने व्यक्तिः राजबहादुर शाह, निकायः दूरसञ्चार प्राधिकरण

४ महिना अगाडि
अर्थतन्त्र

मंसिरका लागि थप घट्यो ब्याजदर, १० बैंकले राखे स्थिर

४ महिना अगाडि
अर्थतन्त्र

विकास बैंकको निष्क्रिय कर्जा झण्डै ६ प्रतिशत

५ महिना अगाडि
अर्थतन्त्र

आयोगलाई आगामी निर्वाचनका लागि ४ अर्ब ९६ करोड बजेट स्वीकृत

५ महिना अगाडि
अर्थतन्त्र

उच्च मनोबलका साथ काम गर्न निजी क्षेत्रलाई गभर्नर पौडेलको आग्रह

५ महिना अगाडि
अर्थतन्त्र

आन्दोलन पछिको पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता

५ महिना अगाडि

Discussion about this post

ताजा

पर्यटकको रोजाइमा रास ताल

पर्यटकको रोजाइमा रास ताल

४ घण्टा अगाडि
इरान–अमेरिका तनावः सयौँ अमेरिकी सैनिक घाइते

इरान–अमेरिका तनावः सयौँ अमेरिकी सैनिक घाइते

४ घण्टा अगाडि
नयाँ सरकार गठनसँगै राजनीति र आर्थिक स्थायित्व हुने अपेक्षा

नयाँ सरकार गठनसँगै राजनीति र आर्थिक स्थायित्व हुने अपेक्षा

४ घण्टा अगाडि
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

४ घण्टा अगाडि
Custom Footer

विद्यालयको निर्माणाधीन खेलमैदान भत्कियो

४ घण्टा अगाडि
प्रधानमन्त्री बालेन्द्र शाह

प्रधानमन्त्री बालेन्द्र शाह

४ घण्टा अगाडि

पढ्नै पर्ने

  • पढ्नै पर्ने
पर्यटकको रोजाइमा रास ताल

पर्यटकको रोजाइमा रास ताल

4 hours ago
इरान–अमेरिका तनावः सयौँ अमेरिकी सैनिक घाइते

इरान–अमेरिका तनावः सयौँ अमेरिकी सैनिक घाइते

4 hours ago
नयाँ सरकार गठनसँगै राजनीति र आर्थिक स्थायित्व हुने अपेक्षा

नयाँ सरकार गठनसँगै राजनीति र आर्थिक स्थायित्व हुने अपेक्षा

4 hours ago
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

4 hours ago

लवकुश गोडैता पोष्ट
प्रधान कार्यालय: बानेश्वर, काठमाडौं
शाखा कार्यालय: जनकपुर, मधेश प्रदेश
सूचना विभाग दर्ता नं:
२३९५९५/०७७-०७८
सम्पर्क
सम्पर्क : ‪९८४४२२३४४१, ९८१०७५४९३१
ई-मेल: meaidgroup1717@gmail.com

Follow Us:

हाम्रो टिम

प्रकाशक / सम्पादक: राजेश सिंह कुशवाहा
प्रधान सम्पादक: सुनिल साह
कानुनि सल्लाहकार: उमेश साह, अशाेक यादव
प्रशासन सल्लाहकार: प्रदिपराज कणेल
बारा पत्रकार: बिवेक कुशवाहा

सामाजिक सञ्जाल

© 2026 Lovekush online TV | Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य

Copyright © 2026. Digital Partner Sathi Solutions