काठमाडौं
२०८२/१२/२३ साेमवार
फोटो पत्रकार महासंघको तेस्रो अधिवेशन चितवनको राप्ती नगरपालिकामा सम्पन्न भएको छ । अधिवेशनबाट नयाँ कार्यसमिति अधिकांश पदमा निर्विरोध रूपमा चयन गरिएको छ ।अध्यक्ष पदमा हरि प्रसाद रेग्मी चयन भएका छन् भने वरिष्ठ उपाध्यक्षमा सागर श्रेष्ठ चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा दीपक ज्ञवाली र गजेन्द्र राई चयन भएका छन् । महासचिवको जिम्मेवारी भरत ढकालले पाएका छन् ।
सचिव दिनेश खड्का ,सचिव पदमा बाबुराम भण्डारी, जितलाल श्रेष्ठ, प्रविन बराल, दीपक गुरुङ, राजेश पराजुली, कोमलचन्द्र भगत र विशाल सुनार चयन भएका छन् । कोषाध्यक्षमा निश्चल शर्मा चापागाईं चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा अमर बानियाँ, रावल कुमार गुप्ता, दिलिप डल्लाकोटी, विरस बाबु साही, नसिम अन्सारी, श्रवण थापा, महेश आचार्य, सुनील पराजुली र नवीन पाण्डे चयन भएका छन् ।
अधिवेशनमा धेरै पदमा एकल उम्मेदवारी परेकाले निर्विरोध चयन भएको बताइएको छ । नवगठित कार्यसमितिले फोटो पत्रकारहरूको अधिकार संरक्षण, पेशागत सुरक्षाको सुनिश्चितता, क्षमता विकास र संस्थाको सुदृढीकरणमा जोड दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।






Discussion about this post