२०८२/१२/२४गते चैत।
काठमाडौं
मन्त्रालयको फेसबुक पेजमार्फत मन्त्री तिमिल्सिनाले बताएका छन् कि सुरक्षण मुद्रण केन्द्रले यातायात व्यवस्था विभागबाट प्राप्त डाटा अनुसार छपाइ प्रक्रिया तुरुन्त सुरु गर्नेछ र २४ घण्टाभित्रै लाइसेन्स वितरण सुनिश्चित गरिनेछ।
हाल करिब २९ लाख अनुमतिपत्र छपाइ गर्न बाँकी रहेको र ती सबै आगामी असार मसान्तसम्म विभागलाई उपलब्ध गराइने पनि मन्त्रीले जानकारी दिएका छन्। यस योजनाले लामो समयदेखि रहेका ढिलाइ र अव्यवस्था कम गर्ने अपेक्षा गरिएको छ।
नयाँ प्रणाली लागू भएपछि सवारीचालक अनुमतिपत्र प्राप्त गर्न अब लामो पर्खाइको अन्त्य हुने, सेवाग्राहीलाई छिटो र पारदर्शी सेवा उपलब्ध हुने मन्त्रीको भनाइ छ।😦😦
हिमाली पत्रिका








Discussion about this post