मिति :
चैत्र १९, २०८२
April 2, 2026
Advertisement
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
Lovekush Online TV
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
मिति :
चैत्र १९, २०८२
April 2, 2026
LoveKush Online
चैत्र १९, २०८२
April 2, 2026

खेर जाने विद्युत् भण्डारणको उपाय हरित हाइड्रोजन

लवकुश पोष्ट by लवकुश पोष्ट
११ महिना अगाडि
in पढ्नै पर्ने, विचार, समाचार

डा. विराजसिंह थापा ।

नेपालजस्ता विकासोन्मुख देश जलवायु परिवर्तनको मूल कारक नभए तापनि हालका दिनमा विश्व जलवायु परिवर्तनबाट सृजित नकारात्मक असर भोगिरहेको छ । विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा विश्वका सरकार प्रमुखहरूले यस मुद्दाको उठान गर्दै जीवाश्म इन्धनको प्रयोग न्यूनीकरण गरी नवीकरणीय ऊर्जामा रूपान्तरण हुने प्रतिबद्धता जनाएका छन् । यसरी जलवायु परिवर्तनको असरबाट बाहिरिने प्रविधिक खोजमा विश्व लागेको छ । नेपालको पनि त्यसतर्फ ध्यानाकर्षण हुनु अपरिहार्य भएको छ ।

नेपाल प्रचुर मात्रामा जलाधार भएको देश हो तर हामी जीवाश्म इन्धनले गाँजिएका छौँ । नेपालसँग पर्याप्त जलविद्युत्‌् उत्पादन गर्ने क्षमता छ, उत्पादन पनि भइरहेको छ र उत्पादित विद्युत्‌ खेर जाने परिस्थिति आइपरेको छ । यहाँसम्म आइपुग्दा देशको कुल ऊर्जा खपतमा बिजुलीको हिस्सा १० प्रतिशत पनि पुगेको छैन ।

त्यसको अर्थ हामीसँग हाल खपत भइरहेको ९० प्रतिशतभन्दा बढी ऊर्जालाई विद्युतीकरण गर्ने आन्तरिक बजार छ । उत्पादित ऊर्जा आन्तरिक खपत नभएर निर्यात गर्नसमेत बाधा उत्पन्न भइरहेको छ । नेपालसँग पर्याप्त स्वच्छ ऊर्जा उपलब्ध छ र जीवाश्म इन्धनबाट बाहिर निस्कनुपर्ने बाध्यता । यसको भरपर्दो उपाय हरित हाइड्रोजन विकास नै हो ।

हरित हाइड्रोजन उत्पादन र प्रयोगको परीक्षण भइसकेको छ । अब हाइड्रोजन आवश्यकता मात्रै होइन, संसारलाई जीवाश्म इन्धनबाट बाहिर निकाल्ने बलियो आधार पनि हो । विभिन्न अध्ययन र प्रयोगअनुसार ग्रिडमा उपलब्ध अतिरिक्त ऊर्जाबाट हाइड्रोजन उत्पादन गरी भण्डारण गर्न सकिन्छ र यसलाई जीवाश्म इन्धन प्रतिस्थापन गर्न प्रयोग गरी शून्य कार्बन उत्सर्जन हासिल गर्न सकिन्छ ।

डा. विराजसिंह थापा

पछिल्ला दशकमा हाइड्रोजनलाई राजनीतिक इन्धन (पोलिटिकल फ्युल) पनि भन्न थालिएको छ, अर्कातर्फ ऊर्जा रूपान्तरणको ‘स्विस नाइफ’का रूपमा हाइड्रोजनको चित्रण हुन थालेको छ । तर, जबसम्म प्रविधिलाई व्यवसायसँग जोडिँदैन, तबसम्म त्यो समाजमा सर्वस्वीकार्य हुन सक्दैन । यो पक्ष निकै चुनौतीपूर्ण छ । अझ हाम्रो जस्तो क्रयशक्ति न्यून भएको देशमा पक्कै सजिलो छैन ।

अहिले हाइड्रोजन उत्पादनको लागत औसत ५ अमेरिकी डलर प्रतिकिलोग्राम भनिन्छ । जुन जीवाश्म इन्धनको तुलनामा अति महँगो हो । अहिलेको सामाजिक अवस्था र आवश्यकतालाई मध्यनजर गर्दा यो आर्थिक रूपमा सम्भाव्य छैन तर विश्वले प्रविधिमा धेरै लगानी गरिसकेको छ । नीतिहरू पनि हाइड्रोजन र ऊर्जा रूपान्तरणकै वरिपरि बनिरहेका छन् र विकसित मुलुकहरूमा विशेष नीतिगत परिवर्तनहरू भएका छन् । विश्वका हरेक विश्वविद्यालयमा सबैभन्दा बढी लगानी हाइड्रोजनको प्रविधिमा हुन थालेकोे छ । यसरी सर्वव्यापी रूपमा हाइड्रोजन क्षेत्रमा प्रगति भइरहेकाले भविष्यमा हाइड्रोजन उत्पादन सस्तो हुने अनुमान गरिएको छ ।

उत्पादन लागत र बजार
सन् २०३० सम्ममा हाइड्रोजन प्रविधिको मूल्यमा ६२ प्रतिशतसम्म ह्रास आउने र त्यो पेट्रोलियम पदार्थभन्दा सस्तो बन्ने देखिएको छ । प्रत्येक हप्ता, महिनामा पेट्रोलको दाम बढ्दै छ, यो रोकिँदैन । विश्वको नीतिबाटै पेट्रोलियमलाई महँगो र नवीकरणीय ऊर्जालाई सस्तो बनाँउदै लैजाने रणनीति छ ।

विश्वमा हाइड्रोजनको १३० खर्ब रुपैयाँ (१३ ट्रिलियन अमेरिकी डलर) बराबरको बजार तयार हुँदै छ । हाइड्रोजन उत्पादन, भण्डारण, प्रसारण र प्रयोगको क्षेत्रमा १ सय खर्ब डलरको लगानीको दायरा बन्दै छ । त्यो लगानी प्रतिवर्ष पेट्रोलियमबाट कटौती गरेर गर्ने भन्ने रणनीतिक राजनीति अगाडि बढ्दै छ । अतः हाइड्रोजनले विश्वमा सुनौलो भविष्य कोर्दै छ ।
नेपालको लक्ष्य त्यस १३० वा १ सय खर्ब डलरको बजारमा अरूभन्दा पहिला स्थान बनाउने हुनुपर्छ ।

एक बेलायती अनुसन्धान संस्था पी डब्लू सीले सन् २०३५ मा संसारलाई सबैभन्दा बढी हाइड्रोजन चाहिने र त्यतिबेला सस्तोमा उत्पादन गर्ने देशहरूको सूची बनाएको थियो । त्यसमा नेपाललाई सबैभन्दा सस्तो उत्पादकमध्येका रूपमा सूचित गरिएको छ । नेपालसँग बर्खामा खेर जान सक्ने जलविद्युत्‌्, प्रचुर मात्रामा सम्भावना भएको सौर्य र अनुसन्धान हुनै बाँकी वायु ऊर्जा छ । हिमाल पग्लेर बग्ने शुद्ध पानीसमेत जोड्ने हो भने नेपाल संसारमै सस्तो हाइड्रोजन उत्पादक बन्नेछ ।

त्यो दिशातर्फ सारा संसार अग्रसर भइरहँदा हामी कसरी प्रवेश गर्ने ? यो प्रयासको थालनी हुनुपर्छ । त्यही पक्षलाई मनन गरेर काठमाडौँ विश्वविद्यालय (केयु) ले आफ्नो सानो परिसरभित्र केही प्रयोग गर्‍यो । सहयोगहरू जुटायो । हाइड्रोजनको गाडी कुदायो । त्यसका लागि रिफ्युलिङ स्टेसनको स्थापना गर्‍यो ।

केयूको अध्ययनले देखाएको छ– हाइड्रोजनलाई व्यावसायिक बनाउन सकियो भने प्रतिवर्ष करिब २ सय अर्ब रुपैयाँको डिजेल विस्थापित हुन्छ । डिजेलको खपत नै बिजुलीको भन्दा दोब्बर छ । विश्वमा डिजेललाई ब्याट्रीभन्दा हाइड्रोजनले प्रतिस्थापन गर्छ भन्ने तथ्याङ्कहरू आएका छन् । केयूले यातायातमा हाइड्रोजन प्रयोगको परीक्षण गरेर देखायो । अब संस्थागत र व्यावसायिक विकास कसरी गर्ने ? ऊर्जा र यातायातलाई कसरी जोड्ने ? यसको प्राविधिक परीक्षण त भइसक्यो, अब व्यावसायीकरण कसरी हुन्छ, त्यसतर्फ मनन गर्न जरुरी छ ।

केयूले हाइड्रोजनबाट चुलो बालेर देखायो । नेपालमा आज पनि ४० अर्ब रुपैयाँको कोइला बालिन्छ, ६० अर्ब रुपैयाँको ग्यास बल्छ । ग्यासको ठाउँमा हाइड्रोजनजन्य प्रयोग गर्नतिर लागौँ । हाइड्रोजनबाट सिन्थेटिक फ्युल, मिथेन ग्यास बनाएर बाल्न सकिन्छ । नेपालमा अहिले पनि प्रतिवर्ष १३५० मेगावाट बराबरको जीवाश्म इन्धन औद्योगिक प्रयोगका रूपमा बाल्ने गरिन्छ । नेपालका लागि यो ठुलो हाइड्रोजनको बजार हो ।

एमोनियालाई पनि भविष्यको इन्धनका रूपमा लिइँदै छ । आज डिजेललाई विश्वव्यापी इन्धन मानिन्छ, त्यो स्थान भविष्यमा एमोनियाले लिने सम्भावना छ । एमोनिया बनाउन हाइड्रोजन र नाइट्रोजन ग्यास चाहिन्छ । हावाबाट नाइट्रोजन तथा बिजुली र पानीबाट हाइड्रोजन छुट्याएपछि हरित एमोनिया बन्छ । एमोनिया युरिया मल उत्पादन तथा भण्डार गरी अन्यत्र निर्यात गर्न पनि सकिन्छ । विश्वमा एमोनियाका लागि मात्र १० खर्ब (१ ट्रिलियन) डलर बराबरको बजार सिर्जना हुने विषयमा बहस भइरहेको छ । खाडी मुलुकहरूले सौर्य ऊर्जाबाट हरित एमोनियाको उत्पादन गरी जापानजस्ता मुलुकलाई निर्यात गर्न थालिसकेका छन् ।

नेपालको बिजुलीबाट एमोनिया बनाएर त्यो आन्तरिक खपत तथा तेस्रो देशमा निर्यात गर्न सकिन्छ । नेपालको बिजुली एमोनियाको रूपमा आजको आजै नभए पनि सन् २०३५ सम्म वा त्यसपछि जापान पुग्न सक्छ । त्यसको प्राविधिक मूल्याङ्कनको काम आजैबाट सुरु गर्नुपर्छ । नेपाल विद्युत्‌् प्राधिकरण र केयूले हरित एमोनियाको पाइलट परियोजनामा काम सुरु गरेका छन् ।

उपयोगका क्षेत्र
नेपालले गत वर्ष मात्र ११२ अर्ब रुपैयाँको फलाम किन्यो । नेपालले १ सय वर्षअघि नै आफैँ खानी प्रशोधन गरेर फलाम बनाउने प्रविधिको सुरुवात गरिसकेको थियो । वन विनाश भएको भनी त्यसलाई २०१७ सालमा बन्द गरियो । अब ‘ग्रिन स्टिल’ विश्वको माग भएको छ । कोइलाद्वारा उत्पादित स्टिलको आयात युरोपतिर बन्द हँुदै छ । टाटा र जिन्दाल पनि हाइड्रोजनबाट स्टिल प्रशोधन गर्ने प्रविधिमा जाँदै छन् ।

खानी विभागले नेपाललाई ५० वर्षलाई पुग्ने १० करोड मेट्रिकटन फलाम रहेको तथ्याङ्क बाहिर ल्याएको छ । थप ५० करोड मेट्रिकटन भेटिएको कुरा पनि पुष्टि भएको छ । भविष्यमा स्टिलको प्रशोधन गरी ‘ग्रिन ट्याग’ लगाएर हाम्रो बिजुली फलाममार्फत विश्व बजारमा जान सक्ने आधारहरू बन्दै छन् । यसलाई व्यवहारमा रूपान्तरण गर्न खानी तथा भूगर्भ विभागसँग प्राविधिक रूपमा अगाडि बढ्न केयूले सम्झौता गरिसकेको छ ।

त्यसैगरी, बिजुलीबाट मल कारखानाको पनि भविष्य छ । प्राकृतिक ग्यासबाट होइन, हाइड्रोजनबाटै मल उत्पादन गर्नुपर्छ । त्योे प्रविधि आइसकेको छ । बङ्गलादेशले हरित हाइड्रोजनबाट ‘ग्रिन युरिया प्रोजेक्ट’ सुरु गरिसकेको छ । केयूले २ लाख मेट्रिकटन उत्पादनको नमुना बनाएर बागमती प्रदेश सरकारको कृषि मन्त्रालयमा पेस गरिसकेको छ । त्यही आधारमा काम अगाडि बढोस् भन्ने हाम्रो चाहना हो ।

नेपालमा बर्खामा बिजुली खेर जान्छ, हिउँदमा नपुगेर आयात गर्नुपर्छ । अरुण कोरिडोरमा २२ सय मेगावाटको परियोजना निर्माणाधीन अवस्थामा छ । निर्माणपश्चात् बर्खामा ३ हजार मेगावाट जलविद्युत्‌् उत्पादन हुन सक्छ, तर हिउँदमा १ हजार मेगावाट मात्र हुनेछ । १ हजार र ३ हजार मेगावाटको भिन्नतालाई कसरी व्यवस्थापन गर्ने ? अहिले प्रणाली सानो भएकाले समस्या विकराल भइसकेको छैन । जब प्रणालीमा ठुलो क्षमता जोडिन्छ, तब समस्या पनि ठुलै रूपमा देखापर्छ ।

अतः बर्खामा बढी हुने बिजुलीलाई हाइड्रोजनमा रूपान्तरण गरी भण्डारण गर्न सकिन्छ । ‘केमिकल तथा कम्पोस्ट’का रूपमा भण्डारण गरी पुनः बिजुली बनाएर ग्रिडमा जोड्न सकिन्छ । बर्खामा १ रुपैयाँमा नबिकेको बिजुली हिउँदमा ८ देखि १२ रुपैयाँसम्म बिक्री गर्न सकिन्छ । केयूले यसको सुरुवात गरिसकेको छ । त्यस्तै, अपि पावर कम्पनीले आफ्नै जलविद्युत्‌्‌गृहमा हाइड्रोजन प्लान्ट विकास गर्ने प्रक्रिया थालेको छ । यसबाहेक बुद्धभूमि नेपाल हाइड्रो पावरसँग केयूले सम्झौता गरी प्राविधिक अध्ययन गरिरहेको छ ।

नीति–नियमको खाँचो
बर्खामा खेर जाने बिजुलीलाई हिउँदमा कसरी प्रयोगमा ल्याउने ? यो विषयमा निजी क्षेत्र पनि जोडिएको छ । जेजति मुद्दाहरू उठाए पनि हाइड्रोजन विकाससम्बन्धी कानुन छैन । हाइड्रोजन एउटा राजनीतिक इन्धन हो । त्यसैले राजनीतिक र नीतिगत संरक्षण नभई यसको विकास हुँदैन । यो सामान्य व्यापारलाई चाहिएर आएकै होइन, मानव सभ्यतालाई जोगाउनका लागि तयार पारिएको हो ।

केयू अनेक तवरबाट नीतिगत तहमा जोडियो । विश्वविद्यालयकै पहलमा ऊर्जा मन्त्रालय अन्तर्गत दुइटा कमिटी बने– ‘ग्रिन हाइड्रोजन को–अर्डिनेसन कमिटी’ र ‘ग्रिन हाइड्रोजन फर्टिलाइजर कमिटी’ । दुवै कमिटीहरूले सरकारलाई प्रतिवेदन बुझाइसकेका छन् ।‘हाइड्रोजनको राष्ट्रिय नीति चाहिन्छ’ भनेर थप लबिङ गरियो । परिणामतः सरकारले हाइड्रोजन नीतिको मस्यौदा समिति बन्यो । त्यसमा केयूले पनि स्थान पायो । ‘ग्रिन हाइड्रोजन नीति २०८०’ आयो पनि । यसको जगमा टेकेर मात्र सबै व्यवसाय सुरु हुँदैन । यद्यपि, सरकार यसमा संवेदनशील छ भन्ने कुरा पुष्टि भएको छ ।

अब हाइड्रोजनसम्बन्धी ऐन, नियम, निर्देशिका, कार्यविधि बनाउनुपर्ने छ । हाइड्रोजनसम्बन्धी नियामक निकाय नभएकाले केयूले ‘नेपाल हाइड्रोजन इनिसियटिभ्स’ कार्यक्रमको सुरुवात गर्‍यो । यसैमार्फत सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय निकायहरूसँग पनि हरित हाइड्रोजनका क्षेत्रमा काम भइरहेको छ । हामीले देखेको सपना हो, सन् २०३० देखि २०४० सम्म नेपालमा उत्पादित हरित हाइड्रोजन विश्व–भूगोलमा जान सक्छ । यही सपनाका साथ केयूले एउटा कार्यक्रम चलाइरहेको छ तर यो कार्यक्रमले मात्र व्यवसाय सिर्जना हुँदैन ।

नियामक निकाय
नेपालमा हरित हाइड्रोजनसम्बन्धी नियामक निकाय हुनुपर्छ । सरकारकै मातहतको ‘हाइड्रोजन विकास बोर्ड’ वा ‘आयोग’ भए हुन्थ्यो । त्यो संयन्त्रले ऊर्जा रूपान्तरण (इनर्जी ट्रन्जिसन) लाई हाँक्न सकोस् । नीतिगत रूपान्तरणमा काम गरोस् । नेपालमा हाइड्रोजन गाडी आयो भने त्यसको सञ्चालन वा नम्बर प्लेट बनाउने अनुमति कसले दिने ? कुन कार्यविधिमा टेकेर काम गर्ने ? यस्ता गाँठोहरू फुकाउने काम निकायबाट हुन जरुरी छ ।

निजी क्षेत्रले हरित हाइड्रोजनमा लगानी गर्ने भनेर सम्झौता गरिसके तर हाइड्रोजन उत्पादनका लागि सामान भित्र्याउँदा करका दर के हुने ? यसमा विदेशी अनुदान कसरी ल्याउने ? हाइड्रोजनलाई व्यावसायिक बनाउन यस्ता धेरै नीतिगत पक्षहरूको खाडल देखिन्छ । ऊर्जा रूपान्तरण, व्यावसायिक सम्भाव्यता र नीतिगत पुनर्संरचनामा जानका लागि सरकारी संयन्त्रबाटै पहल गर्नुपर्छ, जसले सरकार, निजी क्षेत्र र अध्ययन/अनुसन्धानकर्ता निकायलाई जोडेर लैजान सकोस् । नयाँ विद्युत्‌ ऐनजस्तै हाइड्रोजन विकाससम्बन्धी निकाय स्थापना गर्न १०–१५ वर्ष कुर्नुपर्‍यो भने विश्व दौडिरहँदा हामी यथास्थितिमै हुनेछौँ ।

हाइड्रोजन हब
विश्वविद्यालयले भविष्य देखाउने हो । अवसर र चुनौतीहरू केलाइदिने हो । भविष्यमा नेपाल हरित हाइड्रोजन हबका रूपमा विकसित हुन सक्छ । हाइड्रोजन हब भनेको हाइड्रोजन उत्पादन, भण्डारण, प्रसारण र प्रयोग गर्न सक्ने एउटा विशेष प्राविधिक केन्द्र हो । सौर्य विद्युत्‌, वायु र जलविद्युत्‌् ऊर्जालगायतको उपयोग गरी ऊर्जा रूपान्तरणमा पुग्ने र जीवाश्म इन्धनबाट बाहिर निस्किने परिकल्पना वा योजना नै ‘हाइड्रोजन हब’ हो । अहिले युरोपमा मात्र करिब १५० अर्ब युरोका ७० वटा हाइड्रोजन हबका आयोजनाहरू सुरु भइसकेको छ । अमेरिकाले भर्खरै ७ अर्ब अमेरिकी डलर खर्च गरेर ७ वटा राज्यमा ७ वटा हाइड्रोजन हब निर्माण गरिरहेको छ । कमसेकम नेपाल पनि त्यस्तो हाइड्रोजन हबको ‘रडार’मा पर्नुपर्छ । नेपाललाई हाइड्रोजन हब बनाउन सकिन्छ, सक्नुपर्छ भन्ने बहस रोकिनुभएन ।

अहिले नेपालमा निर्माणाधीन र सञ्चालनरत जलविद्युत्‌् आयोजनालाई ४ वटा क्षेत्रमा विभाजन गरौँ– कोशी प्रदेशमा ५५ सय मेगावाट बराबरका आयोजना निर्माणाधीन र सञ्चालनमा छन् । त्यस्तै, बागमतीमा ४५ सय मेगावाट, गण्डकीमा ६ हजार मेगावाट र लुम्बिनीमा ४५ सय मेगावाट छ । यी सबैलाई ग्रिडमा जोड्दा तत्‌तत् ठाउँमा ४ वटा हाइड्रोजन हब बनाउन सकिन्छ । त्यहाँ, उत्पादित बिजुली प्रयोगमा आउन नसकेको वा डेडिकेटेड बिजुलीलाई सिधै हाइड्रोजन उत्पादनमा लगाउन साकिन्छ ।

हाम्रो अध्ययनले लक्षित गरेको हाइड्रोजन हब भनेको जलविद्युत्‌् क्षेत्रको एकतिहाइ बराबर हुन्छ । मानौँ, बागमती प्रदेशको हाइड्रोजन हबमा ६ हजार मेगावाट छ, यसको एकतिहाइ करिब २ हजार मेगावाटको एउटा हब त्यहाँ हुन सक्छ । त्यहाँ, ५० वटा जलविद्युत्‌्‌गृह छन् भने जुन विद्युत्‌्‌गृहमा जतिबेला बिजुली बढी हुन्छ, ती हाइड्रोजन हबले खपत गर्न सक्छ । बिजुली त्यहाँ हाइड्रोजन उत्पादन, प्रशोधन, भण्डारण भएर रहन्छ । भण्डारीकृत हाइड्रोजनबाट सुक्खायाममा बिजुली अभाव हुँदा ‘रि–इलेक्ट्रिफिकेसन’मा लैजान सकिन्छ । अर्को पाटो विशिष्टीकृत औद्योगिक क्षेत्रमा हाइड्रोजनको प्रयोग हो, जुन अहिलेसम्म नेपालमा परिकल्पना नै गरिएको छैन ।

जस्तो, बेलायतमा कोइला प्रयोग गरेर सिमेन्ट उत्पादन हुँदैन । युरोपमा पनि बन्द हुँदै छ । नेपालले पनि कोइला प्रयोग गरेर क्लिङ्कर बनाउनुपर्छ भन्ने छैन । प्रविधि आएको छ, त्यो हरित हाइ्रोजन हो । फलाम, स्टिल, रासायनिक मल उद्योगलाई यसरी नै रूपान्तरण गर्दै लैजान सकिन्छ; जुन विशेष औद्योगिक क्षेत्र बनून् । त्यहाँ ५ हजार मेगावाट बिजुली र हाइड्रोजन खपत हुने उद्योग हुन सक्छ । युवालाई रोजगारी र सरकारलाई राजस्वको स्रोत बन्न सक्छ । नेपालको समग्र विकासको नयाँ मार्गचित्र कोर्न सक्छ ।

हाइड्रोजन हबबाट एमोनियाको निर्यात
आज भारत संसारको दोस्रो ठुलो एमोनियाको बजार बनेको छ । भारतले १ किलोग्राम एमोनिया उत्पादन गर्दा २ किलोग्राम कार्बनडाइअक्साइड विसर्जन गर्छ । अतः भारतलाई नै ‘हरित एमोनिया’ चाहिएको छ । नेपाल हाइड्रोजन हबको ‘विशेष औद्योगिक क्षेत्र’मा उत्पादित हरित एमोनिया क्षेत्रीय बजार बाङ्गलादेश, भारतलगायत देशमा पुर्‍याउन सकिन्छ । त्यहाँभन्दा पनि पर कोरिया, जापानसम्म निर्यात गर्न सकिन्छ । यसले नेपाल हरित हाइड्रोजन मात्र होइन, हरित एमोनियाको पनि हब बन्न सक्छ ।

अन्त्यमा
ऊर्जा ‘इन्धन’ मात्र होइन, राष्ट्रिय सुरक्षा पनि हो । भोलि कुनै दिन पेट्रोलियम बन्द भइदियो भने नेपालले ऊर्जा सुरक्षालाई कसरी प्रत्याभूति गर्न सक्छ ? त्यसैले अब हरित हाइड्रोजन विकासमा जान ढिलो भइसक्यो । यसैबाट रासायनिक मल उत्पादन हुँदा खाद्य सुरक्षा हुने भयो, जीवाश्म इन्धन र मलको आयात घट्दा अर्थतन्त्रमा पनि टेवा पुग्ने भयो । त्यस्तै, सन् २०४५ को शून्य कार्बन उत्सर्जनको लक्ष्यमा पुग्न पनि हरित हाइड्रोजन अपरिहार्य छ । सरकारले प्रतिबद्धताका साथ निजी र शैक्षिक जगत्‌लाई जोडेर अगाडि बढ्न सकोस् । हरित हाइड्रोजनबाटै नेपालको समृद्धिको सपना साकार हुन सकोस् ।

(लेखक काठमाडौँ विश्वविद्यालयका सहप्रध्यापक र हरित हाइड्रोजन ल्याबका प्रमुख हुन् ।)

सम्बन्धित समाचार

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
समाचार

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

४ दिन अगाडि
Custom Footer
समाचार

विद्यालयको निर्माणाधीन खेलमैदान भत्कियो

४ दिन अगाडि
अर्थतन्त्र

चेक बाउन्स कसरी हुन्छ ? कालो सूचीमा कसरी परिन्छ ?

५ महिना अगाडि
अर्थतन्त्र

सार्वजनिक ऋण २७ खर्ब २४ अर्ब पुग्यो

५ महिना अगाडि
अन्तर्राष्ट्रिय

भारतीय जिएसटी संशोधनः विश्वको अर्थतन्त्रमा परिवर्तनको सम्भावना

५ महिना अगाडि
अन्तर्राष्ट्रिय

मुलुकको पिक डिमाण्ड धानेर १ हजार १५ मेगावाट बिजुली भारत निर्यात

५ महिना अगाडि

Discussion about this post

ताजा

मधेश प्रदेश राजधानी जनकपुरमा प्रहार, दुई जना गम्भीर घाइते

१५ घण्टा अगाडि

जनकपुरमा बुलडोजर प्रयोग गरी सफाइ, गृहमन्त्रीको प्रत्यक्ष निर्देशनराजेश सिंह कुशवाहा२०८२/१२/१८ बुधवारलभकुश अनलाइन टिभीजनकपुर — मधेश प्रदेश सरकारले जनकपुरधाममा अतिक्रमण हटाउने अभियान अन्तर्गत बुलडोजर प्रयोग गरी सफाइ कार्य तीव्र पारेको छ। मधेश प्रदेश का गृहमन्त्री फकिरा कुशवाहाको निर्देशनमा गरिएको उक्त अभियानले फुटपाथ र सार्वजनिक क्षेत्र खाली गराउने काम अघि बढाएको हो।प्राप्त जानकारी अनुसार जनकपुरधामको शिवचोक–गंगासागर क्षेत्रमा वर्षौँदेखि सञ्चालनमा रहेका फुटपाथ पसल तथा अस्थायी संरचना डोजर प्रयोग गरी हटाइएको छ। प्रहरी तथा नगर प्रहरीको सहयोगमा सञ्चालन गरिएको अभियान दुई दिनसम्म निरन्तर चलाइएको थियो।गृहमन्त्री स्वयं स्थलमा पुगेर अनुगमन गर्दै अतिक्रमण हटाउने कार्यलाई तीव्रता दिएका थिए। प्रारम्भमा व्यवसायीहरूलाई स्वेच्छाले हट्न अल्टिमेटम दिइएको थियो, तर अटेर गरेपछि डोजर प्रयोग गरिएको जनाइएको छ।यस अभियानपछि सम्बन्धित क्षेत्रमा सडक तथा फुटपाथ खुला भएको छ भने सहरको सौन्दर्यीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।तर, हटाइएका फुटपाथ व्यवसायीहरूले भने वैकल्पिक व्यवस्था नगरी जीविकोपार्जनमा असर परेको गुनासो गरेका छन्। उनीहरूले साना व्यवसाय मात्र नभई ठूला अतिक्रमणमा पनि समान रूपमा कारबाही गर्न माग गरेका छन्।सरकारले भने सार्वजनिक स्थान अतिक्रमणमुक्त बनाउने अभियान आगामी दिनमा पनि जारी रहने संकेत दिएको छ।

१ दिन अगाडि

प्रादेशिक अस्पतालमा मंलगवा ठूलो लापरबाही, बिरामीको ज्यान जोखिममा

२ दिन अगाडि
धर्म जागरण समन्वय परिषद् नेपाल मधेश प्रदेश संयोजक कुशवाहा नियुक्त

धर्म जागरण समन्वय परिषद् नेपाल मधेश प्रदेश संयोजक कुशवाहा नियुक्त

३ दिन अगाडि
नेपालगञ्ज घटनाको विरोधमा जनकपुरधाममा शान्तिपूर्ण प्रदर्शन तथा श्रद्धाञ्जली

नेपालगञ्ज घटनाको विरोधमा जनकपुरधाममा शान्तिपूर्ण प्रदर्शन तथा श्रद्धाञ्जली

३ दिन अगाडि
सामाजिक विकास इकाई सर्लाहीकाे रूपमा प्रमुख कुशवाहा हाँजिर ।

सामाजिक विकास इकाई सर्लाहीकाे रूपमा प्रमुख कुशवाहा हाँजिर ।

३ दिन अगाडि

पढ्नै पर्ने

  • पढ्नै पर्ने

मधेश प्रदेश राजधानी जनकपुरमा प्रहार, दुई जना गम्भीर घाइते

15 hours ago

जनकपुरमा बुलडोजर प्रयोग गरी सफाइ, गृहमन्त्रीको प्रत्यक्ष निर्देशनराजेश सिंह कुशवाहा२०८२/१२/१८ बुधवारलभकुश अनलाइन टिभीजनकपुर — मधेश प्रदेश सरकारले जनकपुरधाममा अतिक्रमण हटाउने अभियान अन्तर्गत बुलडोजर प्रयोग गरी सफाइ कार्य तीव्र पारेको छ। मधेश प्रदेश का गृहमन्त्री फकिरा कुशवाहाको निर्देशनमा गरिएको उक्त अभियानले फुटपाथ र सार्वजनिक क्षेत्र खाली गराउने काम अघि बढाएको हो।प्राप्त जानकारी अनुसार जनकपुरधामको शिवचोक–गंगासागर क्षेत्रमा वर्षौँदेखि सञ्चालनमा रहेका फुटपाथ पसल तथा अस्थायी संरचना डोजर प्रयोग गरी हटाइएको छ। प्रहरी तथा नगर प्रहरीको सहयोगमा सञ्चालन गरिएको अभियान दुई दिनसम्म निरन्तर चलाइएको थियो।गृहमन्त्री स्वयं स्थलमा पुगेर अनुगमन गर्दै अतिक्रमण हटाउने कार्यलाई तीव्रता दिएका थिए। प्रारम्भमा व्यवसायीहरूलाई स्वेच्छाले हट्न अल्टिमेटम दिइएको थियो, तर अटेर गरेपछि डोजर प्रयोग गरिएको जनाइएको छ।यस अभियानपछि सम्बन्धित क्षेत्रमा सडक तथा फुटपाथ खुला भएको छ भने सहरको सौन्दर्यीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।तर, हटाइएका फुटपाथ व्यवसायीहरूले भने वैकल्पिक व्यवस्था नगरी जीविकोपार्जनमा असर परेको गुनासो गरेका छन्। उनीहरूले साना व्यवसाय मात्र नभई ठूला अतिक्रमणमा पनि समान रूपमा कारबाही गर्न माग गरेका छन्।सरकारले भने सार्वजनिक स्थान अतिक्रमणमुक्त बनाउने अभियान आगामी दिनमा पनि जारी रहने संकेत दिएको छ।

1 day ago

प्रादेशिक अस्पतालमा मंलगवा ठूलो लापरबाही, बिरामीको ज्यान जोखिममा

2 days ago
धर्म जागरण समन्वय परिषद् नेपाल मधेश प्रदेश संयोजक कुशवाहा नियुक्त

धर्म जागरण समन्वय परिषद् नेपाल मधेश प्रदेश संयोजक कुशवाहा नियुक्त

3 days ago

लवकुश गोडैता पोष्ट
प्रधान कार्यालय: बानेश्वर, काठमाडौं
शाखा कार्यालय: जनकपुर, मधेश प्रदेश
सूचना विभाग दर्ता नं:
२३९५९५/०७७-०७८
सम्पर्क
सम्पर्क : ‪९८४४२२३४४१, ९८१०७५४९३१
ई-मेल: meaidgroup1717@gmail.com

Follow Us:

हाम्रो टिम

प्रकाशक / सम्पादक: राजेश सिंह कुशवाहा
प्रधान सम्पादक: सुनिल साह
कानुनि सल्लाहकार: उमेश साह, अशाेक यादव
प्रशासन सल्लाहकार: प्रदिपराज कणेल
बारा पत्रकार: बिवेक कुशवाहा

सामाजिक सञ्जाल

© 2026 Lovekush online TV | Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य

Copyright © 2026. Digital Partner Sathi Solutions