मिति :
चैत्र १७, २०८२
March 31, 2026
Advertisement
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
Lovekush Online TV
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
मिति :
चैत्र १७, २०८२
March 31, 2026
LoveKush Online
चैत्र १७, २०८२
March 31, 2026

गभर्नरमा प्राडा विश्वनाथ पौडेल नियुक्त

लवकुश पोष्ट by लवकुश पोष्ट
१० महिना अगाडि
in अर्थतन्त्र, विशेष, साहित्य

काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कको गभर्नरमा प्राडा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मङ्गलबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले प्राडा पौडेललाई राष्ट्र बैङ्कको १८ औँ गभर्नरमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । राष्ट्र बैङ्कका तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले विदा लिएर पनि पदावधि सकिएको करिब सात हप्तामा केन्द्रीय बैङ्कले गभर्नर पाएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मङ्गलबार नै तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको थियो । उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल संयोजक रहनुभएको समितिमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र डा. पोषराज पाण्डे सदस्य रहेका थिए । सो समितिले प्राडा पौडेलसहित कामु गभर्नर डा. नीलम ढुङ्गाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो । सिफारिस भएका तीन जनामध्ये पहिलो नम्बरमा रहनुभएका प्राडा पौडेललाई मन्त्रीपरिषद्ले गभर्नर नियुक्त गरेको छ ।


प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच गभर्नर नियुक्त गर्ने विषयमा मङ्गलबार बिहान छलफल भएको थियो । अर्थमन्त्री पौडेल अध्यक्ष रहेको तीन सदस्यीय सिफारिस समितिमा सुरुमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् प्राडा विश्व पौडेललाई राखिएको थियो तर विजयनाथ भट्टराईले समितिबाट राजीनामा दिएका थिए । त्यसपछि सरकारले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सिफारिस समितिमा ल्याएको थियो । यसै गरी प्राडा विश्व पौडेलले पनि सिफारिस समितिको सदस्यबाट राजीनामा दिएपछि डा. पोषराज पाण्डेलाई नियुक्त गरिएको थियो ।

योजना आयोगदेखि गभर्नरसम्म बन्न पुगेका गभर्नर प्राडा पौडेल सामुन्ने तरलता व्यवस्थापन, लगानी प्रवर्धन, वित्तीय सुशासन, प्रभावकारी नियमनलगायत ताजा चुनौती रहेका छन् । साथै उचित मौद्रिक उपकरण र रणनीतिहरू तर्जुमा गर्नुपर्ने चुनौती पनि उत्तिकै छन् ।

पौडेल २०७८ साल साउन १२ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए । नेपालको आर्थिक इतिहासबारे जानकार पौडेलले गहन अध्ययन गरेर अर्थतन्त्रका विविध विषयमा लेख प्रकशित गर्दै आएका छन । प्राडा पौडेलले अमेरिकाको प्रतिष्ठित युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका हुन् । त्यसअघि उहाँले अमेरिकामै अर्थशास्त्रमा स्नातकोत्तर तहको अध्ययन गरेका थिए ।


चीनको साङ्घाईस्थित एक विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक तहको अध्ययनसमेत गरेका गभर्नर पौडेल चीन र अमेरिकाको अर्थतन्त्र, समाज र इतिहासका अध्येता पनि हुन् । विश्व बैङ्कको कन्सल्ट्यान्ट, अन्तर्राष्ट्रिय श्रम सङ्गठनको नेपालस्थित कार्यालय र मिलेनियम च्यालेन्ज कर्पोरेसनको नेपालस्थित कार्यालयमा पनि अर्थशास्त्रीका रूपमा उनीले काम गरिसकेका छन् ।

नियुक्तिभए लगत्तै डा. पौडेलले राष्ट्र बैङ्कको सुुपरिवेक्षकीय क्षमता बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीले सरकारसँग समन्वय गरी सरकारले लिने आन्तरिक ऋणको अर्थतन्त्रमा पर्ने असर घटाउने उपाय खोजी गर्ने र नेपाललाई ग्रे लिस्टबाट हटाउन समन्वयात्मक कदम चाल्ने बताएका छन्‌ । त्यसैगरी बैङ्क तथा वित्तीय संस्थाहरूमा देखिएका समस्या अध्ययन गरी आवश्यक मार्गदर्शन दिने बताएका छन् ।


पौडेलले पुँजी बजारका लगानीकर्ताहरूको मनोबल बढाउन आवश्यक कदम चाल्दै उद्योग क्षेत्रलाई वृद्धि गरी अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने गरी नीतिगत योजना बनाउने, लघुवित्त कम्पनीका नीतिहरूमा सुधार गर्दै समयानुकूल परिमार्जन गर्ने, भुक्तानी प्रक्रियालाई आधुनिकीकरण गर्ने, विदेशी पुँजी ल्याउन र लान सहज बनाउनेलगायतका प्रतिबद्धता व्यक्त गरेका छन्‌ ।

सम्बन्धित समाचार

नेपालको तराई–मधेशमा आलुको मूल्य शृङ्खला संकट: प्रदीप राज कणेल
अर्थतन्त्र

नेपालको तराई–मधेशमा आलुको मूल्य शृङ्खला संकट: प्रदीप राज कणेल

१ दिन अगाडि
गृह, कानुन मन्त्री कुशवाहाकाे चमत्कारी काम
राजनिति

गृह, कानुन मन्त्री कुशवाहाकाे चमत्कारी काम

२ दिन अगाडि
प्रधानमन्त्री बालेन्द्र शाह
भिडियोे विशेष

प्रधानमन्त्री बालेन्द्र शाह

२ दिन अगाडि
नेपालका दलहरुमा आफ्नो कमजोरी देख्ने प्रवृति कम छ
राजनिति

नेपालका दलहरुमा आफ्नो कमजोरी देख्ने प्रवृति कम छ

२ हप्ता अगाडि
अर्थतन्त्र

बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

४ महिना अगाडि
विशेष

वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

४ महिना अगाडि

Discussion about this post

ताजा

प्रादेशिक अस्पतालमा मंलगवा ठूलो लापरबाही, बिरामीको ज्यान जोखिममा

२ घण्टा अगाडि
धर्म जागरण समन्वय परिषद् नेपाल मधेश प्रदेश संयोजक कुशवाहा नियुक्त

धर्म जागरण समन्वय परिषद् नेपाल मधेश प्रदेश संयोजक कुशवाहा नियुक्त

१६ घण्टा अगाडि
नेपालगञ्ज घटनाको विरोधमा जनकपुरधाममा शान्तिपूर्ण प्रदर्शन तथा श्रद्धाञ्जली

नेपालगञ्ज घटनाको विरोधमा जनकपुरधाममा शान्तिपूर्ण प्रदर्शन तथा श्रद्धाञ्जली

१७ घण्टा अगाडि
सामाजिक विकास इकाई सर्लाहीकाे रूपमा प्रमुख कुशवाहा हाँजिर ।

सामाजिक विकास इकाई सर्लाहीकाे रूपमा प्रमुख कुशवाहा हाँजिर ।

१७ घण्टा अगाडि

उमेर, नाम र जात सच्याउने कानुनी व्यवस्था”

१९ घण्टा अगाडि
नेपालको तराई–मधेशमा आलुको मूल्य शृङ्खला संकट: प्रदीप राज कणेल

नेपालको तराई–मधेशमा आलुको मूल्य शृङ्खला संकट: प्रदीप राज कणेल

१ दिन अगाडि

पढ्नै पर्ने

  • पढ्नै पर्ने

प्रादेशिक अस्पतालमा मंलगवा ठूलो लापरबाही, बिरामीको ज्यान जोखिममा

2 hours ago
धर्म जागरण समन्वय परिषद् नेपाल मधेश प्रदेश संयोजक कुशवाहा नियुक्त

धर्म जागरण समन्वय परिषद् नेपाल मधेश प्रदेश संयोजक कुशवाहा नियुक्त

16 hours ago
नेपालगञ्ज घटनाको विरोधमा जनकपुरधाममा शान्तिपूर्ण प्रदर्शन तथा श्रद्धाञ्जली

नेपालगञ्ज घटनाको विरोधमा जनकपुरधाममा शान्तिपूर्ण प्रदर्शन तथा श्रद्धाञ्जली

17 hours ago
सामाजिक विकास इकाई सर्लाहीकाे रूपमा प्रमुख कुशवाहा हाँजिर ।

सामाजिक विकास इकाई सर्लाहीकाे रूपमा प्रमुख कुशवाहा हाँजिर ।

17 hours ago

लवकुश गोडैता पोष्ट
प्रधान कार्यालय: बानेश्वर, काठमाडौं
शाखा कार्यालय: जनकपुर, मधेश प्रदेश
सूचना विभाग दर्ता नं:
२३९५९५/०७७-०७८
सम्पर्क
सम्पर्क : ‪९८४४२२३४४१, ९८१०७५४९३१
ई-मेल: meaidgroup1717@gmail.com

Follow Us:

हाम्रो टिम

प्रकाशक / सम्पादक: राजेश सिंह कुशवाहा
प्रधान सम्पादक: सुनिल साह
कानुनि सल्लाहकार: उमेश साह, अशाेक यादव
प्रशासन सल्लाहकार: प्रदिपराज कणेल
बारा पत्रकार: बिवेक कुशवाहा

सामाजिक सञ्जाल

© 2026 Lovekush online TV | Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य

Copyright © 2026. Digital Partner Sathi Solutions