मिति :
चैत्र १७, २०८२
March 31, 2026
Advertisement
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
Lovekush Online TV
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
मिति :
चैत्र १७, २०८२
March 31, 2026
LoveKush Online
चैत्र १७, २०८२
March 31, 2026

डिजिटल अर्थतन्त्र विकासका लागि कानुनी आधार तयार

लवकुश पोष्ट by लवकुश पोष्ट
७ महिना अगाडि
in अर्थतन्त्र, पढ्नै पर्ने

काठमाण्डौ । सरकारले डिजिटल भुक्तानी प्रणालीलाई थप सुरक्षित र पारदर्शी बनाउनका लागि ‘भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) ऐन, २०८२’ को मस्यौदा तयार गरेको छ । भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) ऐन, २०७८ लाई संशोधन गरी अर्थ मन्त्रालयले सो मस्यौदामा सरोकारवाला तथा सर्वसाधारणबाट राय–सुझाव माग गरेको हो ।

नेपालमा डिजिटल अर्थतन्त्रको विकासका लागि आवश्यक कानुनी आधार तयार गर्ने र समग्र वित्तीय क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन ल्याउने अपेक्षा सरकारले गरेको छ । भुक्तानी प्रणालीलाई अत्याधुनिक, सुरक्षित, पारदर्शी र भरपर्दो बनाउने अर्थ मन्त्रालयको भनाइ छ । डिजिटल युगमा भुक्तानी प्रणाली द्रुत, सुरक्षित, पारदर्शी र भरपर्दो बनाउने उद्देश्यले सरकारले भुक्तानी तथा फर्स्योट ऐन संशोधन गर्न लागेको जनाएको छ ।

यसले आधुनिक प्रविधिमा आधारित भुक्तानी प्रणाली तथा सेवाको प्रवद्र्धन गर्नेछ । विधेयकले अन्तर्राष्ट्रिय स्तरको भुक्तानी प्रणाली र सेवामा अपनाइएका अत्याधुनिक प्रविधि र व्यावसायिक अभ्यासहरूलाई आत्मसात् गर्दै नेपालको वित्तीय प्रणालीलाई विश्वसनीय र प्रतिस्पर्धी बनाउने अपेक्षा गरेको छ । विशेषगरी रियल टाइम ग्रस सेटलमेन्ट र ई–वालेट जस्ता भुक्तानीका माध्यम र सेवाहरूलाई थप पारदर्शी र सुरक्षित बनाउने विश्वास गरिएको छ ।

विद्यमान कानुनमा ग्राहकको हित, गोपनीयता र वित्तीय कारोबारमा विश्वास बढाउनका लागि समय सापेक्ष सुधारको खाँचो रहेको राष्ट्र बैंकले औंल्याएको छ । विधेयकमा नेपालको आर्थिक, सामाजिक र वित्तीय क्षेत्रमा गहिरो सकारात्मक प्रभाव पार्ने उल्लेख छ । प्रमुख लक्ष्य भनेको नेपालका सबै वर्ग र समुदायका नागरिकलाई सुरक्षित र विश्वसनीय डिजिटल वित्तीय सेवाहरूमा पहुँच पुर्‍याउने रहेको छ ।

यसले विशेषगरी बैंकिङ प्रणालीबाट वञ्चित रहेका वा कम पहुँच भएका नागरिकहरूलाई वित्तीय सेवाको दायरामा ल्याउनेछ । जसले नागरिकहरूको वित्तीय समावेशिता र सामाजिक सहभागिता अभिवृद्धि गर्ने जनाएको छ । यसबाट आर्थिक रूपमा पछाडि परेका वर्गलाई वित्तीय समतामूलक सेवामा जोड्न सहयोग पुर्‍याउने छ ।

आधुनिक भुक्तानी प्रणालीको विकासले व्यापारिक गतिविधिहरू बढाउन, ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन, नयाँ व्यवसायहरू फस्टाउन र रोजगारीका अवसरहरू सिर्जना गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्ष लिएको छ । यसले राष्ट्रिय अर्थतन्त्रलाई डिजिटलाइजेसनतर्फ लैजाँदै विकासका लक्ष्यहरू प्राप्त गर्न र आय असमानता घटाउनेतर्फ पनि काम गर्नेछ ।

सुरक्षित र विश्वसनीय वित्तीय पूर्वाधारको विकासले आर्थिक वृद्धि र उद्यमशीलतालाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । नागरिकहरूको वित्तीय कारोबार र व्यक्तिगत तथ्यांकको गोपनीयता तथा सुरक्षा सुनिश्चित गर्ने प्रावधान विधेयकमा राखिएको छ । डिजिटल भुक्तानी प्रणालीको प्रभावकारी व्यवस्थापनले वित्तीय कारोबारमा पारदर्शिता र जवाफदेहिता बढाउनेछ ।

राष्ट्र बैंक र अन्य नियामक निकायहरूलाई भुक्तानी प्रणालीको नियमन, सुपरिवेक्षण र व्यवस्थापन गर्न थप अधिकार र जिम्मेवारी दिइएको छ । विधेयकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने भएकाले कागजी कारोबारमा उल्लेख्य कमी आउनेछ । यसले अप्रत्यक्ष रूपमा वातावरण संरक्षणमा पनि सहयोग पुर्‍याउनेछ र डिजिटल प्रणालीमा आधारित आर्थिक क्रियाकलापलाई प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।

भुक्तानी प्रणालीसम्बन्धी नीति निर्माण र विवादहरू समाधान गर्नका लागि राष्ट्र बैंकका डेपुटी गभर्नरको अध्यक्षतामा राष्ट्रिय भुक्तानी बोर्ड गठन गर्ने प्रस्ताव गरिएको छ । यस बोर्डमा अर्थ मन्त्रालयका सचिव, महालेखा नियन्त्रक, राष्ट्र बैंकको कानुन प्रमुख, नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशकलगायत सरकारबाट मनोनीत एक जना विज्ञ सदस्य रहनेछन् । यसले भुक्तानी प्रणालीका सम्बन्धमा उत्पन्न कुनै पनि विवादको समाधान गर्न मद्दत पुर्‍याउने जनाएको छ ।

यसले नेपालको डिजिटल अर्थतन्त्र विकास गर्न आवश्यक कानुनी आधार तयार गर्नेछ । यो विधेयकबाट नेपालको भुक्तानी प्रणाली र सेवा सम्वृद्ध वित्तीय क्षेत्र र प्रतिस्पर्धात्मक बन्ने अपेक्षा गरिएको छ । यसले नेपालको भुक्तानी प्रणालीलाई आधुनिक बनाइ आम नागरिकलाई बढी सुरक्षित र पहुँचयोग्य वित्तीय सेवा उपलब्ध गराउने जनाएको छ । साथै, अनुमतिपत्र खारेज भएको वा नवीकरण नभएका संस्थाले आफ्ना ग्राहकको ई–मनीबापतको रकम ग्राहकलाई ३० दिनभित्र फिर्ता गर्नुपर्ने व्यवस्था गरेको छ ।

विधेयकले राष्ट्र बैंकलाई भुक्तानी प्रणाली तथा सेवाको नियमन, सुपरिवेक्षण, व्यवस्थापन र विकासका लागि थप बलियो र अधिकार सम्पन्न बनाएको छ । बैंकले यो ऐन कार्यान्वयनका लागि आवश्यक विनियम, कार्यविधि र आदेश जारी गर्न सक्नेछ । यसले भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई व्यवस्थित र नियमनकारी दायरामा ल्याउन मद्दत गर्ने जनाएको छ ।

सम्बन्धित समाचार

नेपालको तराई–मधेशमा आलुको मूल्य शृङ्खला संकट: प्रदीप राज कणेल
अर्थतन्त्र

नेपालको तराई–मधेशमा आलुको मूल्य शृङ्खला संकट: प्रदीप राज कणेल

१ दिन अगाडि
अर्थतन्त्र

बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

४ महिना अगाडि
अर्थतन्त्र

सबैभन्दा धेरै आयकर तिर्ने व्यक्तिः राजबहादुर शाह, निकायः दूरसञ्चार प्राधिकरण

४ महिना अगाडि
अर्थतन्त्र

मंसिरका लागि थप घट्यो ब्याजदर, १० बैंकले राखे स्थिर

४ महिना अगाडि
अर्थतन्त्र

विकास बैंकको निष्क्रिय कर्जा झण्डै ६ प्रतिशत

५ महिना अगाडि
अर्थतन्त्र

आयोगलाई आगामी निर्वाचनका लागि ४ अर्ब ९६ करोड बजेट स्वीकृत

५ महिना अगाडि

Discussion about this post

ताजा

प्रादेशिक अस्पतालमा मंलगवा ठूलो लापरबाही, बिरामीको ज्यान जोखिममा

२ घण्टा अगाडि
धर्म जागरण समन्वय परिषद् नेपाल मधेश प्रदेश संयोजक कुशवाहा नियुक्त

धर्म जागरण समन्वय परिषद् नेपाल मधेश प्रदेश संयोजक कुशवाहा नियुक्त

१६ घण्टा अगाडि
नेपालगञ्ज घटनाको विरोधमा जनकपुरधाममा शान्तिपूर्ण प्रदर्शन तथा श्रद्धाञ्जली

नेपालगञ्ज घटनाको विरोधमा जनकपुरधाममा शान्तिपूर्ण प्रदर्शन तथा श्रद्धाञ्जली

१७ घण्टा अगाडि
सामाजिक विकास इकाई सर्लाहीकाे रूपमा प्रमुख कुशवाहा हाँजिर ।

सामाजिक विकास इकाई सर्लाहीकाे रूपमा प्रमुख कुशवाहा हाँजिर ।

१७ घण्टा अगाडि

उमेर, नाम र जात सच्याउने कानुनी व्यवस्था”

१९ घण्टा अगाडि
नेपालको तराई–मधेशमा आलुको मूल्य शृङ्खला संकट: प्रदीप राज कणेल

नेपालको तराई–मधेशमा आलुको मूल्य शृङ्खला संकट: प्रदीप राज कणेल

१ दिन अगाडि

पढ्नै पर्ने

  • पढ्नै पर्ने

प्रादेशिक अस्पतालमा मंलगवा ठूलो लापरबाही, बिरामीको ज्यान जोखिममा

2 hours ago
धर्म जागरण समन्वय परिषद् नेपाल मधेश प्रदेश संयोजक कुशवाहा नियुक्त

धर्म जागरण समन्वय परिषद् नेपाल मधेश प्रदेश संयोजक कुशवाहा नियुक्त

16 hours ago
नेपालगञ्ज घटनाको विरोधमा जनकपुरधाममा शान्तिपूर्ण प्रदर्शन तथा श्रद्धाञ्जली

नेपालगञ्ज घटनाको विरोधमा जनकपुरधाममा शान्तिपूर्ण प्रदर्शन तथा श्रद्धाञ्जली

17 hours ago
सामाजिक विकास इकाई सर्लाहीकाे रूपमा प्रमुख कुशवाहा हाँजिर ।

सामाजिक विकास इकाई सर्लाहीकाे रूपमा प्रमुख कुशवाहा हाँजिर ।

17 hours ago

लवकुश गोडैता पोष्ट
प्रधान कार्यालय: बानेश्वर, काठमाडौं
शाखा कार्यालय: जनकपुर, मधेश प्रदेश
सूचना विभाग दर्ता नं:
२३९५९५/०७७-०७८
सम्पर्क
सम्पर्क : ‪९८४४२२३४४१, ९८१०७५४९३१
ई-मेल: meaidgroup1717@gmail.com

Follow Us:

हाम्रो टिम

प्रकाशक / सम्पादक: राजेश सिंह कुशवाहा
प्रधान सम्पादक: सुनिल साह
कानुनि सल्लाहकार: उमेश साह, अशाेक यादव
प्रशासन सल्लाहकार: प्रदिपराज कणेल
बारा पत्रकार: बिवेक कुशवाहा

सामाजिक सञ्जाल

© 2026 Lovekush online TV | Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य

Copyright © 2026. Digital Partner Sathi Solutions