काठमाण्डौ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् । अर्थ मन्त्रालयमा भएको छलफलका क्रममा निजी क्षेत्रको सुरक्षा प्रत्याभूति तथा लगानीमैत्री वातावरण निर्माणका लागि अब कसरी अघि बढ्न सकिन्छ भनेर छलफल भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।
अहिलेको विषम परिस्थितिमा निजी क्षेत्रको सुरक्षाको प्रत्याभूति हुुनुपर्ने, कर तिर्ने समय थप गर्ने, सहुलियत दिने, बीमा दाबी भुक्तानी तथा कर्जा प्रवाहमा सरलताका लागि राष्ट्र बैंकमार्फत सहजीकरण गरिनुपर्नेलगायतका विषयमा छलफल भएको थियो ।
अर्थमन्त्रीले निजी क्षेत्रका कुराहरू सकारात्मक रूपमा लिदै केही विषयहरू तुरुन्तै कार्यान्वयनका लागि निर्देशनसमेत दिनुभएको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् ।
जेनजी प्रदर्शनका क्रममा विभिन्न व्यापारिक प्रतिष्ठान तथा व्यवसायीका निवासमा आगजनी र तोडफोड ठूलो धनजनको क्षति भएको थियो । उक्त क्षतिको अनुगमन र मुल्यांकन गरि सरकारले सम्बोधन गर्दै जाने अर्थमन्त्री रामेश्वरप्रसाद खनालले जानकारी दिए ।










Discussion about this post