ओेम प्रकाश साह
२०८२/१२/१९ बिहीबार
मधेश प्रदेश राजधानी जनकपुर वडा न.–१९ स्थित मुजेलिया बाबा पेट्रोल पम्पमा राति करिब १ बजे अज्ञात बाइकर समूहले खुकुरी प्रहार गर्दा दुई जना गम्भीर घाइते भएका छन्। कुम्हरौडा निवासी अन्दाजी २७ वर्षीय अजय झा र उनका भिनाजु बक्चौडा निवासी अन्दाजी ४० वर्षीय सोनु कुमार झा माथि नशामा रहेका आक्रमणकारीहरूले अन्धाधुन्ध हमला गरेका हुन्।
घाइते दुवैलाई प्रारम्भिक उपचारपछि जनकपुरधामस्थित काव्या अस्पतालमा रिफर गरी उपचार भइरहेको छ। घटनामा संलग्नमध्ये एक जनाको बा.प्रदेश ०२–०५७४ नम्बरको केटीएम मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।
पीडित पक्षले दोषीलाई तुरुन्त पक्राउ गरी कानुनी कारबाही गर्न प्रशासनसँग माग गरेका छन्। उक्त घटनाले जनकपुरधाममा सुरक्षा अवस्थाबारे गम्भीर प्रश्न उठाएको छ। #प्रश्न















Discussion about this post