- प्रदीपराज कणेल (पुर्व गृह स-सचिव )
……………………
विपद सङ्ग सम्वन्धित क्रियाकलापले ” द्वन्द र सहयोग ” को विषयमा प्रभाव पार्छ कि पार्दैन अनि कसरी र किन भन्ने प्रश्नको खोज गर्ने कार्य – विपद कुटनितीले गर्दछ, ( Disaster diplomacy investigates how and why disaster-related activities do and do not influence conflict and cooperation.)
(Kelman, I. 2012. Disaster Diplomacy : How Disaster Affect Peace and Conflict. Routledge, Abingdon, U.K.)
” विपद कुटनिती ” – द्वन्दरत पक्षविच विपदको पुर्व तयारी वा आकस्मिक उद्दार / राहत वा विपद व्यवस्थापनका अन्य चरण समेतमा साझा हितकालागि संयोगवस अवलम्बन गरिने मानवीय सहायता सम्वद्द द्दिपक्षिय वहुपक्षिय माध्यम हो । जसले द्वन्द समाधान वा रुपान्तरण गर्न समेत मद्धत पुग्ने ध्येय
राख्दछ ।
” विपद कुटनिती ” कुनै खास विपदसङ्ग पनि सम्वन्धित हुन सक्दछ, जस्तो – भुकम्प कुटनिती, सुनामी कुटनिती ई.
” विपद जोखिम कुटनिती ” (Disaster Risk Diplomacy)
- द्वन्द, विपद र कुटनितीको मिश्रणविच ” जोखिम तयारी (Risk Prevention) प्रति केन्द्रित हुन्छ, यसमा पनि साझा हित, मध्यस्थता, फ्रेमवर्क एप्रोच, टप डाउन वा वटम अप एप्रोचवाट दीर्घकालीन वा क्रमिक रुपमा काम गर्ने ढाचा, सन्चार, प्राविधिक तठस्थ काम गर्ने सन्यन्त्र, संयुक्त राष्ट्र संघीय
निकायविच सह सम्बन्ध जस्ता पुर्वशर्त आवश्यक रहन्छ ।
सन् १९९९ मा James Ker-Lindsay द्वारा प्रकाशित “Greek-Turkish Rapprochement: The Impact of ‘Disaster Diplomacy’?”. भन्ने शोधपत्रले सन् १९९९ को Greece र Turkey मा गएको भुकम्प र सोही समयको कुटनितीलाई ध्यानमा राखी विपद र कुटनिती विचको सम्वन्धमा विवेचना गर्दै Greece र Turkey को विपद कुटनिती वारे परिभाषित गरिएको पाईन्छ ।
ततपश्चात पनि विभिन्न द्वन्दरत पक्षविच विपदको समयमा परस्पर साझा हितकालागि – विपद कुटनिती (Disaster Diplomacy) प्रभावकारी रहेको दृष्टान्त – घटना अध्ययनहरु ले देखाएको छ ।
हाल यस विषयमा युरोपेली युनियन (EU)को सहयोगमा नेपाल मा समेत विपद कुटनितीको प्रभाव वारे घटना अध्ययन हुने वुझिएको छ ।
” विपद कुटनिती ” अन्तरसम्वन्धित विषय हो । यो द्वन्द र शान्ति प्रति लक्षित हुन्छ ।
द्वन्दरत पक्ष विभिन्न विषय र क्षेत्र का हुन सक्दछन, यसमा तठष्थ पक्ष ( Neutral Party ) हुनुपर्दछ, यसो भएमा मात्र विपद कुटनिती सफल हुन सक्दछ ।
नेपाल पनि विभिन्न विपद जोखिमयुक्त क्षेत्र रहेको हुँदा पुर्व तयारी देखि क्षति न्यूनीकरण चरण सम्मको व्यवस्थापन कालागि सरकारका तिनै तह, उद्दारक निकाय एवं गैरसरकारी स्तरवाट समेत विपद कुटनिती अवलम्बन गर्न चुक्नु हुदैन ।




Discussion about this post