२०८२/१२/२५
- प्रदीप राज कणेल
……………………….
त्यसो त यस किसिमका प्रवृत्ति अन्त छैन भन्ने पनि होईन । तराई मधेशमा भने व्याप्त रहेको घटनाक्रम ले पुष्टि गरेको छ ।
दोषी को त ?
……………..
यसमा एकले अर्कालाई देखाएर उम्किनु सर्वथा वेठिक हुन्छ ।
समग्रमा यो प्रणालीगत अव्यवस्थाको परिणाम हो ।
१. शिक्षक सम्वद्द:
- शिक्षक नियुक्ति प्रक्रिया नै त्रुटिपुर्ण छ ।
- स्थायी, अस्थायी, करार, अनुदान / राहत, ज्यालादारी
जस्ता विभिन्न ढोकावाट शिक्षक नियुक्ति, पदस्थापन,
सरुवा, कार्यरत हुने गरेका छन । - शिक्षक् सेवा आयोगको प्रतिष्पर्धा वाट पछिल्लो समयमा
आउने शिक्षकले पुरानालाई प्रतिष्थापन गर्न अझै लामो
समय लाग्छ। - विश्वविद्यालय वाट टपर खोजी शिक्षक वनाउने हामीकहाँ
कानुन छैन । - शिक्षण सिकाई क्रियाकलाप र मूल्याकंन सम्वन्धमा
अधिकान्श शिक्षक प्रभावमुलक छैनन् । - कार्यसम्पादन मूल्याकंन लाई वृत्ति विकास सङ्ग आवद्द
गर्न नसक्नु ।
२. तालिम:
- शिक्षककालागि तालिम, क्षमता विकास भन्दापनि वढुवा
प्रयोजन र कर्मकाण्ड उन्मुख वढी छ ।
३. गरिवी:
- विपन्न परिवारका वहुसंख्यक विद्यार्थी घरको काम,
कतिपय ईट्टा भट्टा मा समेत काम गरि विद्यालय जानुपर्ने र
पढाईमा कम समय दिनुपर्दा जसरीपनि जाँच पास गर्नुपर्ने
दवावमा रहन्छन् । - सवै विपन्न समस्याग्रस्त छन् भन्ने पनि होईन, कतिपय मेघावी
विद्यार्थीका वावजुत यो समस्या यहि समुह मा वढी भने छ ।
४. पाठ्यक्रम:
- स्थानीय र राष्ट्रिय / अन्तर्राष्ट्रिय प्रतिष्पर्धी मुलक हुन “भाषा”
ले पनि अवरोध गरेको हुन सक्छ ।
५. विद्यार्थी सम्वद्द:
- अल्छीपना,
- वढी मोबाइल मा व्यस्त हुने – परीक्षा आएपछि अताल्लिने,
- संगत गुनाको फल,
- लेखेरै पास हुनुपर्ने वाध्यता वा दवाव ।
६. मनोविज्ञान:
- जागिर पाउने साधनको रुपमा ” डिग्री” लाई लिईनु ।
- विवाह कालागि समेत एसईई पास भए हुन्थ्यो भन्ने
मनोभाव हुनु ।
७. शिक्षा प्रशासन:
- नव प्रवर्तन भन्दा दैनिक प्रशासन उन्मुख हुनु ।
- निहित स्वार्थ समेतमा केन्द्रित हुनु ।
८. कानुनी तथा नितिगत कमजोरी:
- समय सापेक्ष कानुन र नीति तय नहुनु ।
- सांसदहरुले अरुले तर्जुमा गर्ने विधेयकको मस्यौदा लाई
वैधता दिएर मैले / हामीले कानुन वनायौ भन्ने मनोरोग वाट
माथी उठन नसक्नु ।
९. परीक्षा पद्धति:
- दवावमुलक हुनु ।
१०. अभिवावक:
- यिनकै शैक्षिक स्तर कमजोर हुनु ।
उसोभए गर्ने के त ?
……………………..
एसईई परीक्षा केन्द्र को जिल्लागत व्यवस्थापनमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकाय समेतले सहयोगीको भूमिका निर्वाह गर्दछन ।
मर्यादित परीक्षा संचालन गर्न केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक समेतको उत्तिकै भूमिका रहन्छ ।
शिक्षण सिकाई क्रियाकलाप नै प्रभावकारी हुदैन, समग्र नितिगत / संरचनागत सुधार समयोचित हुँदैन भने यसमै सुधार गर्नुपर्यो ।
यसको सुधार गर्ने मुल जिम्मेवारी भनेको स्थानीय तह, प्रदेश र संघ कै हो । अरुको भूमिका महत्त्वपूर्ण भएपनि “सहयोगी”
संयन्त्र मात्रै हुनसक्छ ।
अत: एसईई – परीक्षा केन्द्र को स्वच्छता मा भन्दा वढी पढाइ (सिकाई) मा केन्द्रित हुनुपर्यो ।





Discussion about this post