काठमाडौं २०८२/१२/१८
डा.राजेश सिंह कुशवाहा।
सर्लाही, चैत २८ — सर्लाही जिल्लाका दलित समुदायले आफूहरूलाई सबै राजनीतिक दलहरूले निरन्तर उपेक्षा र ठगी गरेको आरोप लगाएका छन्। स्थानीय तहदेखि संघीय निर्वाचनसम्म विभिन्न दलहरूले आश्वासन दिए पनि व्यवहारमा कुनै सुधार नआएको भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।
स्थानीय दलित अगुवाहरूका अनुसार चुनावको समयमा मात्र नेताहरू गाउँमा आउने, अधिकार र विकासका ठूला वाचा गर्ने तर चुनावपछि सम्पर्कविहीन हुने प्रवृत्ति बढ्दै गएको छ। “हामीलाई भोट बैंकका रूपमा मात्र प्रयोग गरिन्छ, तर हाम्रो शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या जस्ताको तस्तै छ,” एक स्थानीय बासिन्दाले गुनासो गरे।
दलित समुदायले विशेष गरी रोजगारी, शिक्षा पहुँच, भूमि अधिकार र सामाजिक विभेदका मुद्दामा ठोस काम हुन नसकेको बताएका छन्। सरकारी योजनाहरू कागजमै सीमित रहेको र पहुँचमा समेत विभेद हुने गरेको आरोप उनीहरूको छ।
राजनीतिक दलका स्थानीय प्रतिनिधिहरूले भने आरोप अस्वीकार गर्दै केही सुधारका प्रयास भइरहेको दाबी गरेका छन्। तर समुदायका सदस्यहरू भने यी दाबीप्रति सन्तुष्ट छैनन्।
विश्लेषकहरूका अनुसार दलित समुदायको यस्तो असन्तुष्टि आगामी निर्वाचनमा महत्वपूर्ण मुद्दा बन्न सक्ने देखिन्छ। उनीहरूले अब आफ्ना अधिकारका लागि संगठित रूपमा आवाज उठाउने चेतावनी दिएका छन्। पटकपटक दलित समुदायको भाेट लिएर सांसद बनेपछि सदनमा उठाउदैन। राजेश मलिकले आराेप लगाएका छन।













Discussion about this post