मिति :
चैत्र २५, २०८२
April 8, 2026
Advertisement
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
Lovekush Online TV
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
मिति :
चैत्र २५, २०८२
April 8, 2026
LoveKush Online
चैत्र २५, २०८२
April 8, 2026

मकैका पाँच जात सिफारिस गर्ने तयारी   

लवकुश पोष्ट by लवकुश पोष्ट
१ वर्ष अगाडि
in राजनिति

चितवन, ६ चैत : राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरले यहाँ विकास र परीक्षण गरेका पाँच जातको सिफारिस गर्ने तयारी गरेको छ । झन्डै १२ वर्षअघिदेखि मुलुकका विभिन्न स्थानमा परीक्षण गरिँदै आइएका जातहरूको सिफारिस गर्ने तयारी गरिएको हो ।    
    
सिफारिस गर्न लागिएका जातहरूमा उन्नत जातमा बिजीबीवाइपिओपी र टिएलबीआरएसओ–७एफ१६ जात रहेको छ । अहिले परीक्षणका क्रममा रहेका र अब यसलाई सिफारिस गर्ने तयारी गरिएको कार्यक्रमका संयोजक तीर्थराज रिजालले जानकारी दिनुभयो । असारसम्ममा बीउबिजन गुणस्तर तथा नियन्त्रण केन्द्रमा सिफारिस गर्ने तयारी गरिएको छ । केन्द्रले अनुमोदन गरेर राष्ट्रिय बीउ नियन्त्रण केन्द्रमा पठाउँछ । त्यहाँ अनुमोदन भएपछि व्यावसायिक उत्पादनका लागि आउने रिजालले जानकारी दिनुभयो ।    
    
यस कार्यक्रममार्फत नेपालमा अहिलेसम्म उन्नत जातका लागि ३१ वटा मकैका बीउका जात सिफारिस गरिएको छ । जुन नेपाली जनताले रुचाएका छन् । उच्च पहाडका लागि गणेश–१ र २, मध्यपहाडका लागि मनकामना–१, ३, ५, ७ र ९ जात सिफारिस गरिएको छ । यस्तै तराईका लागि रामपुर जातका मकै सिफारिस गरिएको उहाँले बताउनुभयो । अहिले सिफारिस गर्न लागिएका मकै तराई र मध्यपहाडी क्षेत्रका लागि उपयुक्त हुने छ ।    
    
किसानलाई चाँडो पाक्ने खालका मकै पनि सिफारिस गरिएको छ । जसमा अरुण–१, २, ३, ४, ५, ६ जातका रहेका छन् । यी मकै लगाएको ८० देखि ९० दिनमा तयारी हुने गर्छन् । अन्य मकै एक सय २० देखि एक सय ५० दिनसम्म लाग्ने रिाजालको भनाइ छ ।    
    
कार्यालयले हाइब्रिड मकैतर्फ अहिलेसम्म १० जात सिफारिस गरेको छ । अहिले तीन जात सिफारिसको चरणमा रहेको उहाँले बताउनुभयो । सिफारिस गर्न लागिएका जात सिएएच–१५११, सिएएच–११८७, सिएएच–१९ छन्् । यी मकैमा तापक्रम सहन सक्ने क्षमता भएकाले भित्री मधेस र तराईका जिल्लाका लागि सिफारिसको काम भइरहेको रिजालले बताउनुभयो ।    
    
उहाँले भन्नुभयो, “विसं २०७७ देखि हामीले कुनै जातको मकै सिफारिस गरेका छैनाँै, अब पाँच जातका मकै सिफारिसको तयारीमा छौँ ।” यी तीन जात आगामी वर्ष सिफारिस गर्ने तयारी छ । नेपालमा पहिलोपटक सन् २००१ मा गौरव जातको हाइब्रिड मकै सिफारिस गरिएको थियो । त्यसपछि यता रामपुर हाइब्रिड–२, ४, ६, ८, १० लगायत मकै सिफारिस भइसकेको उहाँले बताउनुभयो । हाइब्रिड जातमा नौवटा तराईका लागि हुन् भने एउटा मध्यपहाडका लागि हो । उहाँले भन्नुभयो, “हामीले वंशको मात्रै विकास गर्दैनौँ, मकैमा लाग्ने कीरा नियन्त्रण, माटो सुधार कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययनलगायत काम गर्दै आएका छौँ ।”    
    
कार्यक्रमअन्तर्गत अहिलेसम्म किसानले नरुचाएका आठवटा जातलाई सूचीबाट हटाइसकिएको छभने पाँचवटा जातलाई सूचीबाट हटाउन सिफारिसको तयारी थालिएको छ । चलनचल्तीमा नआएका, रोग र कीराले समस्या बनाएका यस्ता जातलाई सूचीबाट हटाउन सिफारिस गरिने गरिन्छ । यस कार्यक्रमले पहिलोपटक विसं २०३३ मा रामपुर कम्पोजिट मकैको बीउ सिफारिस गरेर बीउ उत्पादनको काम सुरु गरेको थियो ।    
  (रासस )     
  

सम्बन्धित समाचार

गृह, कानुन मन्त्री कुशवाहाकाे चमत्कारी काम
राजनिति

गृह, कानुन मन्त्री कुशवाहाकाे चमत्कारी काम

१ हप्ता अगाडि
नेपालका दलहरुमा आफ्नो कमजोरी देख्ने प्रवृति कम छ
राजनिति

नेपालका दलहरुमा आफ्नो कमजोरी देख्ने प्रवृति कम छ

३ हप्ता अगाडि
‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’
अन्य

‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

५ महिना अगाडि
राजनिति

दशैं र तिहार लगत्तै फलफूल बजार ५० प्रतिशतले घट्यो

५ महिना अगाडि
अर्थतन्त्र

वार्षिक १२ करोडको पुष्पजन्य वस्तु आयात, २ करोडको निर्यात

६ महिना अगाडि
पढ्नै पर्ने

चाडपर्व लक्षित सुपथ मूल्य पसल खोल्ने सरकारको योजना : कुन कुन ठाउँमा खोलिदै छन् ?

७ महिना अगाडि

Discussion about this post

ताजा

मधेश प्रदेशमा दाईजो प्रथा क्यान्सर भन्दा ठुलाे राेग।

९ घण्टा अगाडि

सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल्सिना ले अब नयाँ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) २४ घण्टाभित्रै

१ दिन अगाडि

१६ वर्षको उमेरमै सिनियर महिला बाटोमा पथप्रदर्शक बनेकी पूजा महतो

२ दिन अगाडि
चितवनमा फोटो पत्रकार महासंघको तेस्रो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठनचितवन ।

चितवनमा फोटो पत्रकार महासंघको तेस्रो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठनचितवन ।

२ दिन अगाडि

कपिलवस्तु घटनामा घाइते अरुण यादवको निधन, शहीद घोषणा गर्न राष्ट्रिय एकता दलको माग

२ दिन अगाडि
ग्यास पड्किँदा घरमा आगलागी, मानवीय क्षति भएन

ग्यास पड्किँदा घरमा आगलागी, मानवीय क्षति भएन

३ दिन अगाडि

पढ्नै पर्ने

  • पढ्नै पर्ने

मधेश प्रदेशमा दाईजो प्रथा क्यान्सर भन्दा ठुलाे राेग।

9 hours ago

सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल्सिना ले अब नयाँ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) २४ घण्टाभित्रै

1 day ago

१६ वर्षको उमेरमै सिनियर महिला बाटोमा पथप्रदर्शक बनेकी पूजा महतो

2 days ago
चितवनमा फोटो पत्रकार महासंघको तेस्रो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठनचितवन ।

चितवनमा फोटो पत्रकार महासंघको तेस्रो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठनचितवन ।

2 days ago

लवकुश गोडैता पोष्ट
प्रधान कार्यालय: बानेश्वर, काठमाडौं
शाखा कार्यालय: जनकपुर, मधेश प्रदेश
सूचना विभाग दर्ता नं:
२३९५९५/०७७-०७८
सम्पर्क
सम्पर्क : ‪९८४४२२३४४१, ९८१०७५४९३१
ई-मेल: meaidgroup1717@gmail.com

Follow Us:

हाम्रो टिम

प्रकाशक / सम्पादक: राजेश सिंह कुशवाहा
प्रधान सम्पादक: सुनिल साह
कानुनि सल्लाहकार: उमेश साह, अशाेक यादव
प्रशासन सल्लाहकार: प्रदिपराज कणेल
बारा पत्रकार: बिवेक कुशवाहा

सामाजिक सञ्जाल

© 2026 Lovekush online TV | Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य

Copyright © 2026. Digital Partner Sathi Solutions