मिति :
चैत्र १९, २०८२
April 2, 2026
Advertisement
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
Lovekush Online TV
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
मिति :
चैत्र १९, २०८२
April 2, 2026
LoveKush Online
चैत्र १९, २०८२
April 2, 2026

‘दिगो पर्यटन परियोजना’ का लागि पर्यटन बोर्ड र ‘युएनडिपी’बीच सम्झौता   

लवकुश पोष्ट by लवकुश पोष्ट
१ वर्ष अगाडि
in पर्यटन

काठमाडौँ, ८ चैत: नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले संयुक्त रूपमा ‘दिगो पर्यटन परियोजना (एसटिपी)’ कार्यक्रम सुरु गर्ने भएका छन् ।    
    
आज यहाँ बोर्डमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशी र युएनडिपी नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।    
    
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह र युएनडिपीको एसिया र प्यासिफिक क्षेत्रीय निर्देशक क्रिस्टोफ बहुइटको उपस्थितिमा बोर्डका सिइओ जोशी र युएनडिपी नेपालकी आवासीय प्रतिनिधि योकोसुकाले सम्झौतापत्र आदानप्रदान गर्नुभयो ।    
    
स्थानीय समुदायका लागि रोजगारी र जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्यसहित पर्यटन सेवासुविधा सुधार, सीपमूलक तालिम र पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्न अघि बढाइएको परियोजना सफल बनाउन सरकार प्रतिबद्ध रहेको मन्त्रालयका सचिव सिंहले बताउनुभयो ।    
    
कूल लागत ५ मिलियन (५० लाख) अमेरिकी डलर रहेको यो परियोजनामा बोर्ड र युएनडिपीले समान एक दशमलव पाँच मिलियन अमेरिकी डलर योगदान गर्नेछन् भने थप दुई मिलियन अमेरिकी डलर संयुक्त रूपमा परिचालन गरिनेछ । परियोजनाले तीन वर्षको अवधिमा (२०२५–२०२८) दुई हजार ५०० दिगो रोजगारी सिर्जना र पाँच हजार जनालाई पर्यटनसम्बन्धी सीप अभिवृद्धि गर्ने लक्ष्य लिएको छ ।    
    
प्रमुख पर्यटकीयस्थलमा साना पर्यटन पूर्वाधार तथा पदमार्गहरूको निर्माण र सुधारका साथै नेपालको पर्यटन डिजिटलाइजेशनलाई प्रवर्द्धन गरी सेवा प्रभावकारिता र पहुँच वृद्धि गर्ने परियोजनाको लक्ष्य रहेको छ ।    
    
कार्यक्रममा बोर्डका सिइओ जोशीले युएनडिपीको साझेदारीप्रति धन्यवाद व्यक्त गर्दै भन्नुभयो, “यस परियोजनाले नेपालमा पर्यटन अनुभव मात्र होइन, स्थानीय समुदायलाई रोजगार र उद्यमशीलताका अवसरहरू प्रदान गर्दै नेपाललाई एक सशक्त र विश्वस्तरीय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न मद्दत गर्नेछ ।”    
    
यसैगरी, युएनडिपी–नेपालकी आवासीय प्रतिनिधि योकोसुकाले नेपालको पर्यटन क्षेत्रको रूपान्तरणमा युएनडिपीले जोडिन पाउँदा गर्व महसुस गरेको भन्दै यो परियोजना स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्नेगरी नेपालको आर्थिक सम्भावना वृद्धि गर्न र दिगो पर्यटनलाई प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।    
    
 परियोजनाले नेपालको १६औँ योजना, दिगो विकास लक्ष्य र नेपाल पर्यटन दशक (२०२३–२०३२) ले परिकल्पना गरेका प्राथमिकताअनुसार सन् २०३२ सम्ममा वार्षिक पर्यटक आगमन ३५ लाख पु¥याउन र नेपाललाई विश्वभरका यात्रुहरूका लागि अझ आकर्षक र दिगो गन्तव्य बनाउन बल पु¥याउने बोर्डले जनाएको छ ।    
    
पर्यटन बोर्ड र युएनडिपीले यसअघि संयुक्त रूपमा सञ्चालन गरेको ‘दिगो पर्यटनमार्फत जीविकोपार्जन पुनरुत्थान परियोजना (एसटिएलआरपी)’ ले कोभिड–१९ महामारीपश्चात् प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न भूमिका खेलेको थियो । सो परियोजनाले सगरमाथा र अन्नपूर्ण क्षेत्रमा साना पर्यटन पूर्वाधार निर्माण र सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्दै एक हजार छ सय जनालाई रोजगार सिर्जना गरेको थियो ।    
    
नयाँ परियोजना एसटिपीले नेपालका प्राकृतिक र सांस्कृतिक सम्पदामा लगानी, पूर्वाधार विकास, कार्यबलको क्षमता अभिवृद्धि र डिजिटल नवप्रवर्तनमार्फत पर्यटक वृद्धि गर्दै नेपालमा रहने अवधि बढाउने र खर्चमा वृद्धि गराउने लक्ष्य लिएको छ ।    

   (रासस) 

सम्बन्धित समाचार

पर्यटकको रोजाइमा रास ताल
पर्यटन

पर्यटकको रोजाइमा रास ताल

४ दिन अगाडि
पर्यटन

एक वर्षमा २७८ झोलुङ्गे पुल निर्माण सम्पन्न

९ महिना अगाडि
अन्तर्राष्ट्रिय

  अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो   

१० महिना अगाडि
पर्यटन

हिमालय एयरलाइन्सले पोखराबाट सुरु गर्यो अन्तर्राष्ट्रिय उडान

१ वर्ष अगाडि
पर्यटन

शुक्रबारदेखि बन्द लन्डनको हिथ्रो विमानस्थल पुनः सुचारु

१ वर्ष अगाडि

Discussion about this post

ताजा

मधेश प्रदेश राजधानी जनकपुरमा प्रहार, दुई जना गम्भीर घाइते

१३ घण्टा अगाडि

जनकपुरमा बुलडोजर प्रयोग गरी सफाइ, गृहमन्त्रीको प्रत्यक्ष निर्देशनराजेश सिंह कुशवाहा२०८२/१२/१८ बुधवारलभकुश अनलाइन टिभीजनकपुर — मधेश प्रदेश सरकारले जनकपुरधाममा अतिक्रमण हटाउने अभियान अन्तर्गत बुलडोजर प्रयोग गरी सफाइ कार्य तीव्र पारेको छ। मधेश प्रदेश का गृहमन्त्री फकिरा कुशवाहाको निर्देशनमा गरिएको उक्त अभियानले फुटपाथ र सार्वजनिक क्षेत्र खाली गराउने काम अघि बढाएको हो।प्राप्त जानकारी अनुसार जनकपुरधामको शिवचोक–गंगासागर क्षेत्रमा वर्षौँदेखि सञ्चालनमा रहेका फुटपाथ पसल तथा अस्थायी संरचना डोजर प्रयोग गरी हटाइएको छ। प्रहरी तथा नगर प्रहरीको सहयोगमा सञ्चालन गरिएको अभियान दुई दिनसम्म निरन्तर चलाइएको थियो।गृहमन्त्री स्वयं स्थलमा पुगेर अनुगमन गर्दै अतिक्रमण हटाउने कार्यलाई तीव्रता दिएका थिए। प्रारम्भमा व्यवसायीहरूलाई स्वेच्छाले हट्न अल्टिमेटम दिइएको थियो, तर अटेर गरेपछि डोजर प्रयोग गरिएको जनाइएको छ।यस अभियानपछि सम्बन्धित क्षेत्रमा सडक तथा फुटपाथ खुला भएको छ भने सहरको सौन्दर्यीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।तर, हटाइएका फुटपाथ व्यवसायीहरूले भने वैकल्पिक व्यवस्था नगरी जीविकोपार्जनमा असर परेको गुनासो गरेका छन्। उनीहरूले साना व्यवसाय मात्र नभई ठूला अतिक्रमणमा पनि समान रूपमा कारबाही गर्न माग गरेका छन्।सरकारले भने सार्वजनिक स्थान अतिक्रमणमुक्त बनाउने अभियान आगामी दिनमा पनि जारी रहने संकेत दिएको छ।

१ दिन अगाडि

प्रादेशिक अस्पतालमा मंलगवा ठूलो लापरबाही, बिरामीको ज्यान जोखिममा

२ दिन अगाडि
धर्म जागरण समन्वय परिषद् नेपाल मधेश प्रदेश संयोजक कुशवाहा नियुक्त

धर्म जागरण समन्वय परिषद् नेपाल मधेश प्रदेश संयोजक कुशवाहा नियुक्त

३ दिन अगाडि
नेपालगञ्ज घटनाको विरोधमा जनकपुरधाममा शान्तिपूर्ण प्रदर्शन तथा श्रद्धाञ्जली

नेपालगञ्ज घटनाको विरोधमा जनकपुरधाममा शान्तिपूर्ण प्रदर्शन तथा श्रद्धाञ्जली

३ दिन अगाडि
सामाजिक विकास इकाई सर्लाहीकाे रूपमा प्रमुख कुशवाहा हाँजिर ।

सामाजिक विकास इकाई सर्लाहीकाे रूपमा प्रमुख कुशवाहा हाँजिर ।

३ दिन अगाडि

पढ्नै पर्ने

  • पढ्नै पर्ने

मधेश प्रदेश राजधानी जनकपुरमा प्रहार, दुई जना गम्भीर घाइते

13 hours ago

जनकपुरमा बुलडोजर प्रयोग गरी सफाइ, गृहमन्त्रीको प्रत्यक्ष निर्देशनराजेश सिंह कुशवाहा२०८२/१२/१८ बुधवारलभकुश अनलाइन टिभीजनकपुर — मधेश प्रदेश सरकारले जनकपुरधाममा अतिक्रमण हटाउने अभियान अन्तर्गत बुलडोजर प्रयोग गरी सफाइ कार्य तीव्र पारेको छ। मधेश प्रदेश का गृहमन्त्री फकिरा कुशवाहाको निर्देशनमा गरिएको उक्त अभियानले फुटपाथ र सार्वजनिक क्षेत्र खाली गराउने काम अघि बढाएको हो।प्राप्त जानकारी अनुसार जनकपुरधामको शिवचोक–गंगासागर क्षेत्रमा वर्षौँदेखि सञ्चालनमा रहेका फुटपाथ पसल तथा अस्थायी संरचना डोजर प्रयोग गरी हटाइएको छ। प्रहरी तथा नगर प्रहरीको सहयोगमा सञ्चालन गरिएको अभियान दुई दिनसम्म निरन्तर चलाइएको थियो।गृहमन्त्री स्वयं स्थलमा पुगेर अनुगमन गर्दै अतिक्रमण हटाउने कार्यलाई तीव्रता दिएका थिए। प्रारम्भमा व्यवसायीहरूलाई स्वेच्छाले हट्न अल्टिमेटम दिइएको थियो, तर अटेर गरेपछि डोजर प्रयोग गरिएको जनाइएको छ।यस अभियानपछि सम्बन्धित क्षेत्रमा सडक तथा फुटपाथ खुला भएको छ भने सहरको सौन्दर्यीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।तर, हटाइएका फुटपाथ व्यवसायीहरूले भने वैकल्पिक व्यवस्था नगरी जीविकोपार्जनमा असर परेको गुनासो गरेका छन्। उनीहरूले साना व्यवसाय मात्र नभई ठूला अतिक्रमणमा पनि समान रूपमा कारबाही गर्न माग गरेका छन्।सरकारले भने सार्वजनिक स्थान अतिक्रमणमुक्त बनाउने अभियान आगामी दिनमा पनि जारी रहने संकेत दिएको छ।

1 day ago

प्रादेशिक अस्पतालमा मंलगवा ठूलो लापरबाही, बिरामीको ज्यान जोखिममा

2 days ago
धर्म जागरण समन्वय परिषद् नेपाल मधेश प्रदेश संयोजक कुशवाहा नियुक्त

धर्म जागरण समन्वय परिषद् नेपाल मधेश प्रदेश संयोजक कुशवाहा नियुक्त

3 days ago

लवकुश गोडैता पोष्ट
प्रधान कार्यालय: बानेश्वर, काठमाडौं
शाखा कार्यालय: जनकपुर, मधेश प्रदेश
सूचना विभाग दर्ता नं:
२३९५९५/०७७-०७८
सम्पर्क
सम्पर्क : ‪९८४४२२३४४१, ९८१०७५४९३१
ई-मेल: meaidgroup1717@gmail.com

Follow Us:

हाम्रो टिम

प्रकाशक / सम्पादक: राजेश सिंह कुशवाहा
प्रधान सम्पादक: सुनिल साह
कानुनि सल्लाहकार: उमेश साह, अशाेक यादव
प्रशासन सल्लाहकार: प्रदिपराज कणेल
बारा पत्रकार: बिवेक कुशवाहा

सामाजिक सञ्जाल

© 2026 Lovekush online TV | Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य

Copyright © 2026. Digital Partner Sathi Solutions